संयुक्त राष्टसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानको तालिबान समूहलाई अफगानिस्तानका सरकारी कार्यालय कब्जा गर्ने कार्यलाई तत्कालै बन्द गर्न आग्रह गरेका छन् । उनले आफ्ना सशस्त्र विद्रोही लडाकुलाई आदेश दिई हाल अफगानिस्तानमा जारी रहेको सशस्त्र विद्रोहको काम फिर्ता गर्न लगाउन तालिबान लडाकू समूहलाई भनेका छन् ।उनले भनेका छन्, “हालका लागि यो कार्यलाई रोकेर शान्ति पूर्णरुपमा आफ्ना काम गर्न र आफ्ना कुरा राख्न हामी आग्रह गर्दछौँ ।” उनले अफगानिस्तानको तालिबान समूहलाई शान्ति पूर्णरुपमा आ