२७ पुस, काठमाडौं । उडान नियन्त्रण प्रणालीमा भएको गडबडीका कारण अमेरिकाका सबै आन्तरिक उडान ठप्प भएको छ । संघीय उड्डयन प्राधिकरण एफएएको कम्प्युटरमा खराबी देखिएपछि सबै आन्तरिक उडान रोकिएको हो । खराबी देखिएको प्रणाली यस्तो हो, जसले हवाइ मार्गमा कुनै खतराको आशंका देखिएमा चालकलाई सावधानी गराउँछ । प्रणाली सुधारको काम भइरहेको र चाँडै नै उडान […]
बुधवारदेखि आन्तरिक उडान अवरुद्ध गर्ने निर्णयबाट वायुसेवा सञ्चालक सङ्घपछि हटेको छ । सङ्घले बुधवारदेखि उद्धार र आपत्कालीनसहित सबै प्रकारका उडान रोक्ने घोषणा गरेको थियो । योसँगै आज नियमित उडान हुनेछन् ।
शुक्रबार साँझ आएको हावाहुरीमा परी चितवनमा तीन जनाको मृत्यु भएको छ । यता राजधानीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार दस वटाभन्दा बढी आन्तरिक उडान अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार चितवन महानगरपालिकाको वडा नं. ११, भोजाडमा अटोरिक्सा च्यापिँदा चालक प्रदीप लामा र एक महिलाको मृत्यु भएको छ । बसेनीमा म्याजिक भ्यान च्याँपिदा लोकनाथ न्यौपानेको मृत्यु भएको छ । हावाहुरीका कारण नारायणी पुलमा ट्रक पल्टिँदा दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।