भारी वर्षाका कारण पोखरा र भरतपुरको हवाई उडान ठप्प, अरु गन्तव्यको उडानमा छैन बाधा

काठमाडौं। भारी वर्षाका कारण पोखरा र भरतपुरको आन्तरिक  उडान अवरुद्ध भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार पोखरा र

सम्बन्धित सामग्री

प्रतिकूल मौसमका कारण पोखरामा हवाई उडान ठप्प

२३ साउन, काठमाडौं । प्रतिकूल मौसमका कारण मंगलबार पोखरामा हवाई उडान प्रभावित बनेको छ । बिहानैदेखिको निरन्तर वर्षाका कारण पोखरामा एउटा पनि उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । सोहीकारण पोखरामा हवाई यात्रु अलपत्र परेका छन् । मंगलबार भरतपुरमा बिहानको तीन वटा उडान भएपछि पुनः उडान बन्द भएको छ । जनकपुरमा समेत […]

लुक्लामा एक सातादेखि हवाई उडान ठप्प, उपभाेग्य वस्तुकाे अभाव हुँदै

निरन्तरको बर्षातका कारण तेन्जिङ हिलारी विमानस्थल लुक्लामा सात दिनदेखि हवाई उडान ठप्प हुँँदा लुक्ला सहित आसपासका क्षेत्रमा तरकारी तथा फलफूलको अभाव भएको हो । सोलुखुम्बुको पर्यटकीय क्षेत्र लुक्लामा बाक्लो कुहिरो सहितको वर्षाका कारण हेलिकोप्टर तथा जहाजले आठ िदनयता उडान भर्न नसक्दा मासु, अण्डा, तरकारी सहित फलफूल भित्रिन नपाएको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख मुकेशराज दहालले जानकारी दिनुभयो ।

सोलुखुम्बुु : एक हप्तादेखि हवाई उडान ठप्प हुँदा लुक्लामा तरकारी अभाव

सोलुखुम्बु – सोलुखुम्बुको पर्यटकीय क्षेत्र लुक्लामा तरकारी तथा फलफूलको अभाव भएको छ । निरन्तरको वर्षाका कारण तेन्जिङ हिलारी विमानस्थल लुक्लामा सात दिनदेखि हवाई उडान ठप्प हुँदा लुक्लासहित आसपासका क्षेत्रमा तरकारी तथा फलफूलको अभाव भएको हो । निरन्तरको झरी र हुस्सुका कारण हेलिकप्टर तथा जहाजले भदौ ३ गतेयता उडान भर्न नसक्दा मासु, अण्डा, तरकारीसहित फलफूल भित्रिन नपाएको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख मुकेशराज दहालले जानकारी दिनुभयो । उहाँका अनुसार भदौ १ गते एउटा, २ गते दुई वटा र ३ गते एउटा विमानले उडान ...