हावाहुरीबाट तीनको मृत्यु : आन्तरिक उडान अवरुद्ध

शुक्रबार साँझ आएको हावाहुरीमा परी चितवनमा तीन जनाको मृत्यु भएको छ । यता राजधानीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार दस वटाभन्दा बढी आन्तरिक उडान अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार चितवन महानगरपालिकाको वडा नं. ११, भोजाडमा अटोरिक्सा च्यापिँदा चालक प्रदीप लामा र एक महिलाको मृत्यु भएको छ । बसेनीमा म्याजिक भ्यान च्याँपिदा लोकनाथ न्यौपानेको मृत्यु भएको छ । हावाहुरीका कारण नारायणी पुलमा ट्रक पल्टिँदा दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।