काठमाडौं, २२ साउन । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लागेको महाभियोग प्रस्ताव पारित गरेर जानुपर्नेमा जोड दिएकी छिन् । आजबाट संसद्मा प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल सुरु भएको छ । उक्त छलफलमा भाग लिँदै सांसद पौडेलले यस्तो बताएकी हुन् । उनले महाभियोग प्रस्ताव पास गर्नपनि माग गरिन् । उनले भनिन्,‘हामीले यो प्रस्ताव […]