सीडीएससीमा दर्ता गराए कुमारी र एनसीसीले मर्जरपछि कायम शेयर

काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ले मर्जरपछि कायम भएको शेयर सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) मा दर्ता गराएका छन् ।  मर्जरपछि कायम कुल २६ करोड २२ लाख ५८ हजार ६१३ दशमलव ५७ कित्ता शेयर कुमारी बैंकको नामबाट माघ ४ गते सीडीएससीमा दर्ता भएको हो । सीडीएससीका अनुसार साविक कुमारी बैंकको १४ करोड ७१ लाख ११ हजार ८३२ दशमलव ५७ कित्ता र एनसीसी बैंकको ११ करोड ५१ लाख ४६ हजार ७८१ कित्ता शेयर दर्ता भएको हो ।  कम्पनीले मर्जरपछि कायम शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गर्नुपूर्व सीडीएससीमा दर्ता गरेको हो । अब दोस्रो बजारमा दर्ता प्रक्रिया पूरा भएपछि उल्लिखित शेयर कारोबारमा आउनेछ । पछिल्लो समय जारी भएको मर्जर तथा प्राप्तिसम्बन्धी निर्देशिकामा एकीकृत कारोबार गरेको बढीमा १५ कारोबार दिनमात्र शेयर कारोबार रोक्का हुने व्यवस्था छ । सोही व्यवस्थाबमोजिम बैंकले शेयर कारोबार खुला गर्ने व्यवस्था मिलाएको हो । गत असोज १० गते मर्जरसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका यी बैंकले तीन महीना पूरा हुँदा मर्जर प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार शुरू गरेका हुन् । कुमारी र एनसीसी बैंक एक बराबर एक शेयर आदानप्रदान गर्दै मर्जरमा गएका हुन् ।

सम्बन्धित सामग्री

कुमारी सबल योजनाको एकाइ बाँडफाँट

कुमारी क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने कुमारी सबल योजनाको एकाइ बाँडफाँट भएको छ ।  क्यापिटलले प्रतिएकाइ १० रुपैयाँका दरले १० करोड एकाइको १४ प्रतिशत अर्थात्...

बसन्तपुरमा कुमारी पूजा

काठमाडौं । काठमाडौंको सबैभन्दा ठूलो धार्मिक पर्व इन्द्रजात्राको अवसरमा आज बसन्तपुर दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा गरिएको छ । पूजामा ५०४ कुमारी देवीहरुको सहभागिता थियो । हरेक वर्ष इन्द्रजात्राको अवसरमा ‘कुमारी पूजा सेवा समिति भक्तजन परिवार’ ले कुमारी पूजाको आयोजना गर्दै आएको छ । महिनावारी सुरू नभएका बालिकाहरूलाई वैदिक परम्परा अनुसार सामूहिक कुमारी पूजा गरिएको […]

वसन्तपुरमा कुमारी पूजा

काठमाडौं । वर्ल्ड नेवा अर्गनाइजेसनको आयोजनामा काठमाडौंको वसन्तपुरमा कुमारी पूजा आयोजना गरीएको छ । वसन्तपुरस्थित कुमारीघरमा १३० जनालाई परम्परागत विधि अनुसार पूजा गरिएको आयोजकले जनाएको छ । कला, संस्कृति र परम्परालाई निरन्तरता दिन सो कार्यक्रमको आयोजना गरेर सामुहिक रुमिा कुमारी पूजा गरिएको आयोजकको दावी छ । कुमारी पूजा हेर्न विदेशी पर्यटकको घुइँचो लागेको थियो ।

आइपीओ जारी गर्दै कुमारी जब

मानव संशाधनको क्षेत्रमा विगत ९ वर्षदेखि काम गर्दै आएको कुमारी जब प्रालिले आफ्नो वित्तीय क्षमता अभिवृद्धि गर्न आईपीओ जारी गर्ने भएको छ । सोही कार्यका लागि कुमारी जबले एनआईसी एशिया क्यापिटलको आइडिया टु आइपीओ सेवा लिने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । २०१४ मा स्थापित कुमारी जबले आफ्नो योग्यता र क्षमता अनुसार काम खोज्ने […]

कुमारी र एनसीसी बैंक मर्जर, अब कुमारी बैंक लिमिटेडको नामले सञ्चालन हुने

कुमारी बैंक लिमिटेड तथा नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड १ः१ शेयर अनुपातमा मर्जर भइ अब उपरान्त कुमारी बैंक लिमिटेडको नामले सञ्चालन हुने भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा कुमारी बैंकका अध्यक्ष अमिर प्रताप जबरा तथा साविकको नेपाल क्रेडिट एण्ड कमर्स बैंकका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले संयुक्त रुपमा समुद्घाटन गरे पश्चात् कुमारी बैंक लिमिटेडले एकीकृत […]

कुमारी जब र लिफ्टिङ क्लबबीच सम्झौता

काठमाडौँ– कुमारी जब र लिफ्टिङ क्लबबीच सम्झौता भएको छ । कुमारी जबमार्फत जागिरको लागि दर्ता गर्दा अल्टिमेट लिफ्टिङ क्लबमा विशेष छुट पाउने गरी उक्त सम्झौता भएको हो । कुमारी जबका कर्मचारी पनि यो सम्झौताबाट लाभान्वित हुने जनाइएको छ ।  उक्त सम्झौताको बारेमा बोल्दै कुमारी जबका म्यानेजिङ डाइरेक्टर सन्देश भण्डारी भने ‘व्यायामले हाम्रो तनाव कम गर्न […]

कुमारी बैंकको कुमारी डबल धमाका

कुमारी बैंकले नयाँ वर्षको अवसर पारी ‘कुमारी डबल धमाका’ नामक मुद्दती निक्षेप ल्याएको छ । यस मुद्दती निक्षेपमा राखिएको रकम ७ वर्षमा दुई गुणा हुने तथा प्राप्त ब्याज जम्मा रकममा नै बढोत्तरी हुँदै जाने बैंकले जनाएको छ । यसको न्यूनतम मौज्दात रु १० हजार रहेको छ । सो मुद्दती निक्षेपमा सजिलै ९०५ सम्म कर्जा सुविधा […]

कुमारी बैंकको कुमारी डबल धमाका

कुमारी बैंकले नयाँ वर्षको अवसर पारी ‘कुमारी डबल धमाका’ नामक मुद्दती निक्षेप ल्याएको छ । यस मुद्दती निक्षेपमा राखिएको रकम ७ वर्षमा दुई गुणा हुने तथा प्राप्त ब्याज जम्मा रकममा नै बढोत्तरी हुँदै जाने बैंकले जनाएको छ । यसको न्यूनतम मौज्दात रु १० हजार रहेको छ । सो मुद्दती निक्षेपमा सजिलै ९०५ सम्म कर्जा सुविधा समेत रहेको बैंकले जानकारी गराएको छ ।  बैंकले आफ्ना देशव्यापी १९७ शाखा–सञ्जाल, १७७ एटिएम, ४३ शाखारहित बैंकिङ्ग इकाई तथा १६ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

कुमारी बैंक र फोनपेबीच सहकार्य

फोनपे पेमेन्ट सर्भिसको नेटवर्कमा कुमारी बैंकको मोबाईल एपमार्फत् किस्ताबन्दीमा रकम तिर्न सकिने भएको छ । एफवानसफ्ट, फोनपे र कुमारी बैकको सहकार्यमा कुमारी बैंकका ग्राहकलाई यस्तो सुविधा प्रदान गरिएको हो ।यस सुविधामा कुमारी बैंकमा खाता रहेका ग्राहकले क्यूआरमार्फत भुक्तानी गर्दा तत्काल नगद अथवा किस्ता बन्दीमा रकम भुक्तानी गर्न सक्नेछन् । यसका लागि ग्राहकले कुमारी बैंकको फोनलोन […]

कुमारी बैंकले ‘कुमारी ईक्वीटी फण्ड’ निष्काशन गर्दै

कुमारी बैंकले ८० करोड रुपैयाँ बराबरको ‘कुमारी इक्वीटी फण्ड’ निष्काशन गर्ने भएको छ । बैंकले फागुन १४ गते शुक्रबारदेखि सो फण्ड सर्वसाधारणहरुमा निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको हो ।बैंकले निष्काशन गर्ने ‘कुमारी इक्वीटी फण्ड’ को बिक्री प्रबन्धक कुमारी क्यापिटल व्यवस्थापक रहेको छ । १० वर्षे बन्दमुखि योजना रहेको १० रुपैयाँ अकित दरको ८ करोड […]