आइपीओ जारी गर्दै कुमारी जब

मानव संशाधनको क्षेत्रमा विगत ९ वर्षदेखि काम गर्दै आएको कुमारी जब प्रालिले आफ्नो वित्तीय क्षमता अभिवृद्धि गर्न आईपीओ जारी गर्ने भएको छ । सोही कार्यका लागि कुमारी जबले एनआईसी एशिया क्यापिटलको आइडिया टु आइपीओ सेवा लिने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । २०१४ मा स्थापित कुमारी जबले आफ्नो योग्यता र क्षमता अनुसार काम खोज्ने […]

सम्बन्धित सामग्री

ग्लोबल मनि विकमा कुमारी बैंकको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । ‘ग्लोबल मनि विक–२०२४’ को अवसरमा कुमारी बैंकले बैंकले प्रभावकारी ढंगले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । ‘प्रोटेक्ट योर मनि, सेक्युर योर फ्युचर’ भन्ने नाराका साथ बाह्रौँं संस्करणको ग्लोबल मनि विकमा कुमारी बैंकले अत्यन्तै प्रभावकारी रूपमा सहभागिता जनाएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । वित्तीय लक्ष्य निर्धारणका लागि क्यालकुलेटर सञ्चालन,  वित्तीय साक्षरता […]

कुमारी बैंक र कालिका लघुवित्तको संस्थापक शेयर सर्वसाधारणमा जारी

काठमाडौं । कुमारी बैंक र कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तर्फको शेयर सर्वसाधारणमा जारी गरेको छ । कुमारी बैंकको १० लाख १८ हजार ५०४ कित्ता र कालिका लघुवित्तको ४० हजार १३१ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्रीमा आएको हो । कुमारी बैंकले प्रतिकित्ता १०१ रुपैयाँमा संस्थापक शेयर विक्रीमा ल्याएको हो । कुमारी बैंकको शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी असोज १० गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । कुमारी बैंकको शेयर खरीदका लागि न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सक्नेछन् । कुमारी बैंकको शेयर खरीदका लागि प्राप्त बोलपत्र असोज ११ गते बिहान ११ बजे विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडमा खोलिने जानकारी बैंकले दिएको छ । कालिका लघुवित्तले भने यसअघि विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन नपरेपछि सर्वसाधारणमा विक्री गर्न लागेको हो । कालिका लघुवित्तको शेयर खरीदका लागि आगामी १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय पोखरा, कास्कीमा आवेदन पेस गर्नुपर्नेछ । कम्पनीले शेयरको मूल्य भने उल्लेख गरेको छैन ।

भुजुङ हाइड्रोपावरको विक्री प्रबन्धकमा कुमारी क्यापिटल

भुजुङ हाइड्रोपावर लिमिटेडले कुमारी क्यापिटललाई धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले जारी गर्न लागेको ५ लाख ८५ हजार कित्ता साधारण सेयर (आईपीओ) को लागि कुमारी क्यापिटललाई निष्कासन तथा विक्री प्रबन्धक नियुक्त गरिएको हो ।सम्झौतापत्रमा भुजुङ हाइड्रोपावरका तर्फबाट कार्यकारी सञ्चालक खेमराज जोशी तथा कुमारी क्यापिटलका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरे । हाल भुजुङ हाइड्रोपावरको अधिकृत पुँजी ५० करोड रूपैयाँ, जारी पुँजी ४३ करोड रूपैयाँ र चुक्ता पु

कुमारी क्यापिटल र आराभा नेपाल एग्रिकल्चर कम्पनीबीच सम्झौता

कुमारी क्यापिटलले आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनी लिमिटेडलाई आईपीओ जारी गर्ने चरणसम्म पुर्‍याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउने भएको छ ।त्यसैगरी धितोपत्रको सार्वजनिक निष्कासनका लागि निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा पनि कार्य गर्ने तथा सेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता पत्रमा कुमारी क्यापिटलका नायब महाप्रबन्धक पुष्प शर्मा तथा […]

कुमारी बैंक र श्रीकृष्ण पोलीक्लिनिकबीच सम्झौता

कुमारी बैंक र रुपन्देहीस्थित श्रीकृष्ण पोलीक्लिनिकबीच सम्झौता भएको छ ।बैंकका ग्राहकले पोलीक्लिनिकबाट प्रदान गर्ने सेवाहरूमा छुट प्राप्त गर्ने समझदारी भएको हो । यस सम्झौताअनुसार बैंकका ग्राहकहरूले सो पोलिक्लिनिकबाट सेवा लिएबापत बैंकको डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा ओपिडी शुल्कमा ५० प्रतिशत, एक्स–रेमा १० प्रतिशत, ल्याब टेस्टमा १५ प्रतिशत, प्रक्रिया/ड्रेसिङ शुल्कमा १० प्रतिशत र औषधी शुल्कमा ३ देखि […]

कुमारी धनवृद्धि योजनाको इकाई बाँडफाँट

काठमाडौं, ५ असार । कुमारी धनवृद्धि योजना अन्तरगतको म्युचुअल फन्ड बाँडफाँट भएको छ । कम्पनीले यही १२ देखि २६ जेठसम्म सर्वसाधारणका लागि जारी गरेको प्रति इकाई १० रुपैयाँ बराबरको कुल १२ करोड २५ लाख ७ हजार २५९ इकाई बाँडफाँट भएको हो । सो मध्ये सामूहिक लगानी कोष निर्देशिका २०६९ को दफा १५ (४) र विवरण […]

कुमारी बैंक र सुप्रिम डेन्टल केयरबीच सम्झौता

कुमारी बैंक र काभ्रेको बनेपास्थित सुप्रिम डेन्टल केयरबीच एक सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई सुप्रिम डेन्टल केयरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो ।यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहकले सो डेन्टल केयरबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट÷क्रेडिट कार्डबाट गर्दा सामान्य दन्त सेवामा १५%, ओर्थोदोंतीक्समा १०%, पेदोदोंतिक्समा १५%, प्रोसथोदोंतिक्समा १५%, एण्डोदोंतिक्समा १५% र डेन्टल इम्प्लान्ट्समा १०% छुट प्राप्त गर्न सक्ने बैंकले जारी गरेक

कुमारी बैंक र लाल रत्न अस्पतालबीच सम्झौता

कुमारी बैंक र सुदुरपश्चिम प्रदेशको लम्की चुहा नगरपालिकास्थित लाल रत्न अस्पतालबीच एक सम्झौता भएको छ ।  सम्झौताअनुसार कुमारी बैंकका ग्राहकलाई लाल रत्न अस्पतालबाट प्रदान गरिने स्वास्थ्योपचार सम्बन्धी सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जसअनुसार सो अस्पतालबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङबाट गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सकिने छ ।

कुमारी स्काई क्लब कार्ड जारी गरिने

कुमारी बैंकले यती एअरलाइन्ससँगको व्यावसायिक साझेदारीमा स्वाइप एन्ड फ्लाई क्याम्पियन सुरु गर्ने भएको छ। यतीको स्काई क्लब कार्ड र कुमारीको भिजा डेबिट कार्डलाई एकीकृत गरी कुमारी स्काई क्लबको ब्रान्ड कार्ड जारी गरिने भएको हो।...

कुमारी इक्विटी फण्डको म्याद थपियो, २८ गतेसम्म आवेदन दिन सकिने

कुमारी क्यापिटलले बिक्री खुला गरेको सामूहिक लगानी कोष कुमारी इक्विटी फण्डमा आवेदन दिने म्याद थप भएको छ । क्यापिटलले १४ माघदेखि १८ फागुनसम्म आवेदन खुला गरेको थियो । तर, आज सार्वजनिक सूचना जारी गर्दै आवेदन दिने म्याद थप गरेर २८ फागुनसम्म पुर्‍याएको हो