वसन्तपुरमा कुमारी पूजा

काठमाडौं । वर्ल्ड नेवा अर्गनाइजेसनको आयोजनामा काठमाडौंको वसन्तपुरमा कुमारी पूजा आयोजना गरीएको छ । वसन्तपुरस्थित कुमारीघरमा १३० जनालाई परम्परागत विधि अनुसार पूजा गरिएको आयोजकले जनाएको छ । कला, संस्कृति र परम्परालाई निरन्तरता दिन सो कार्यक्रमको आयोजना गरेर सामुहिक रुमिा कुमारी पूजा गरिएको आयोजकको दावी छ । कुमारी पूजा हेर्न विदेशी पर्यटकको घुइँचो लागेको थियो ।

सम्बन्धित सामग्री

बसन्तपुरमा कुमारी पूजा

काठमाडौं । काठमाडौंको सबैभन्दा ठूलो धार्मिक पर्व इन्द्रजात्राको अवसरमा आज बसन्तपुर दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा गरिएको छ । पूजामा ५०४ कुमारी देवीहरुको सहभागिता थियो । हरेक वर्ष इन्द्रजात्राको अवसरमा ‘कुमारी पूजा सेवा समिति भक्तजन परिवार’ ले कुमारी पूजाको आयोजना गर्दै आएको छ । महिनावारी सुरू नभएका बालिकाहरूलाई वैदिक परम्परा अनुसार सामूहिक कुमारी पूजा गरिएको […]

सामुहिक कुमारी पूजा(फाेटाे फिचर)

काठमाडौं । काठमाडौं उपत्यकाको टेंगलमा शनिवार बालिकाहरुको सामुहिक कुमारी पूजा गरिएको छ । रक्तकाली युथ क्लब,टेंगलद्वा रा आयोजित उक्त पूजामा १२५ जना बालिकाहरुको सहभागिता रहेको थियो ।  ​प्रत्येक वर्ष जीवित देवी कुमारीलाई तुलजा भवानीका रुपमा पुजिने र सोही क्रममा इन्द्रजात्राको रथयात्रा समेत गरिंदै आएको छ । नेपाललगायतका दक्षिण एसियाली देशहरूमा बालिकाहरूलाई कुमारी देवीको रूपमा पूजा गर्ने परम्परा छ । नेवार समुदायका ईही (बेल विवाह) नगरेको २ देखि ८ वर्ष उमेर समूहका बालिकाहरुलाई कुमारीका रुपमा पूजा गर्ने प्रचलन रहेको छ । धेरै जसो बालिकाहरूलाई उनका अभिभावकले विशेष कुमारीको भेषभूषामा सजाएर पूजामा सहभागी गराएका थिए । यसरी पूजा गरेमा बालिकाहरूलाई रोग नलाग्ने र सुख शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास रहेको छ । प्रत्येक बालिकाले उक्त पूजामा सहभागी हुन परिवारले ९९९ रुपैयाँ बुझाएका थिए । त्यसको साथै हरेक परिवारले उक्त पूजामा समावेश हरेक बालबालिकालाई आफनो इच्छाले सगुनको रुपमा मिठाई, चकलेट,जुस, कपीकलम, लुगा दिने चलन छ ।  तस्वीरहरु : सुनिल शर्मा / आर्थिक अभियान

कुमारी पूजा [फोटोफिचर]

आज यँया: (इन्द्रजात्रा) को दोस्रो दिन । यसै अवसरमा काठमाडौंको विभिन्न स्थानमा कुमारी पूजा हुने गर्छ।

वसन्तपुरमा इन्द्रजात्राको सामूहिक कुमारी पूजा (तस्वीरहरू)

काठमाडौं : इन्द्रजात्रा पर्वको अवसरमा वसन्तपुरमा आज सामूहिक कुमारी पूजा गरिएको छ। शुक्रबार हनुमानढोकामा लिङ्गो ठड्याएर आधिकारिक रूपमा इन्द्रजात्रा सुरू भएको हो। इन्द्रजात्रा सुरु भएसँगै आठ दिनसम्म विभिन्न नाचगान, रथयात्रा गरी यो जात्रा मनाइन्छ।कुमारी, गणेश र भैरवको रथयात्रा हुन्छ। कुमारी पूजा गर्नाले सुख–शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास नेवार समुदायको परम्परामा छ। केही तस्वीर झलक :

हनुमानढोकामा कुमारी पूजा : २५४ जना बालिकालाई तलेजु भवानीको दर्शन गराइयो

काठमाडौं : आज यँया: (इन्द्रजात्रा)को दोस्रो दिन। बुधवार हनुमानढोकामा य:सिं ठड्याएसँगै इन्द्रजात्रा सुरु भएको हो। यस पर्वमा मुख्य आकर्षणको केन्द्रमा रहेकी हुन्छिन् जीवित देवी कुमारी। भोलि उनको सहित जीवित देव गणेश र भैरव को रथ यात्रा हुँदैछ। यसै अवसरमा काठमाडौंको विभिन्न स्थानमा कुमारी पूजा हुनेगर्छ। नेवार समुदायमा ईही (बेल विवाह) नगरेको २ वर्षदेखि ८ वर्ष…

तस्बिरमा पनौतीको कुमारी पूजा

काठमाडौँ, भक्तपुर, ललितपुरजस्तै नेपालका विभिन्न ठाउँमा रहेका तलेजु भवानी मन्दिर भएका जिल्लामा कुमारी राख्ने र पुज्ने चलन रहेको छ । काठमाडौँबाट करिब २ घण्टाको दुरीमा रहेको पनौतीमा पनि रहेकी कुमारीको दसैँ र रामनवमीमा हरेक वर्ष पूजा हुने गरेको छ ।यस वर्षको रामनवमीमा पनि पनौतीको जीवित देवी कुमारी घरमा सजिएर लायकु दरबारसम्म गएर तलेजु भवानीको पूजा सम्पन्न भएको छ । दसैँ र रामनवमीमा मात्रै कुमारीको भेषमा सजिएर पूजा गर्न जाने पनौतीकी कुमारी ओजस्वी घल्लु आइतबार कुमारीको सज्जामा तयार हुँदादेखि लायकु द

व्यवसायिक बन्दै कुमार / कुमारी पूजा(फोटो फिचर)

चैत ५, काठमाडौं । काठमाडौं उपत्यकाको इटुम्बहाल परिसरमा शनिवार बालबालिकाहरुको सामुहिक कुमार/ कुमारी पूजा गरिएको छ । कुमार र कुमारीलाई उपत्यकामा राज्यको सुरक्षाको रुपमा यसरी पूजा गर्ने परम्परा छ । स्वनिगः पासा पुचः द्वारा आयोजित उक्त पूजामा २०८ जना बालिका र १७२ जना बालक गरि ३८० जनाको सहभागिता रहेको थियो । प्रत्येक वर्ष जीवित देवी कुमारीलाई तुलजा भवानीका रुपमा पुजिने र सोही क्रममा इन्द्रजात्राको रथयात्रा समेत गरिंदै आएको छ । हरेक वर्ष इन्द्रजात्राको अवसर पारेर कुमारी पूजा कार्यक्रमको आयोजना गर्ने गरेकोमा कोभिडको महामारीका कारण स्थगित भएका कारण उचित साइत हेरेर शनिवार कार्यक्रम गरिएको आयोजकले बताए । उक्त पूजामा किलागलका जीवितदेवी कुमारीको पनि उपस्थित थियो । हनुमानढोकास्थित कुमारी घरमा राजकीय कुमारीलाई पूजा गरेर फर्केपछि विधिपूर्वक पूजा गर्ने प्रचलन रहेको छ । प्रत्येक बालबालिकाले उक्त पूजामा सहभागी हुन परिवारले १ हजार रुपैयाँ बुझाएका थिए । त्यसको साथै हरेक परिवारले उक्त पूजामा समावेश हरेक बालबालिकालाई आफनो इच्छाले सगुनको रुपमा मिठाई, चकलेट,जुस, कपीकलम, लुगा दिने चलन छ । नेवार समुदायको परम्परामा कुमारी पुजा गर्नाले सुख–शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको छ । कतिपय अभिभावकहरुले आफनो बालबालिकाको समृद्धि तथा रमाइलोको लागि उक्त पूजामा सहभागी गराइएको बताए । तर स्थानीय वृद्धवृद्धाहरु भने यस्ता कार्यक्रमहरु व्यवसायिक भएको बताउँछन् । धेरै वर्ष अगाडिदेखि कुमारी पूजा गर्ने परम्परा रहेपनि यसरी पछिल्लो ५६ वर्षदेखि सामूहिक रुपमा रकम बुझाएर गर्ने नौलो भएको उनीहरु बताउँछन् । प्रत्येक वर्ष सिघपुन्ही अर्थात् कोजाग्रत पूर्णिमामा कुमारीलाई महालक्ष्मीको रुपमा पूजा गर्ने परम्परा अन्तर्गत कुमारी घरमा गर्ने गरिन्छ । तर अहिले आएर टोल टोलमा सामुहिक रुपमा कुमार कुमारी पूजाको आयोजना गर्नुलाई सांस्कृतिक व्यवसाय भन्दा अनुचित नहुने वृद्धवृद्धाहरुको ठम्मयाइ छ । तस्वीरहरु : सुनिल शर्मा/ आर्थिक अभियान

कुमार तथा कुमारी पूजा सम्पन्न

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित इतुमबहालमा कुमार तथा कुमारी पूजा सम्पन्न भएको छ । कोरोना महामारीपछि पहिलो पटक यो पूजा सम्पन्न भएको हो । यसअघि हरेक वर्ष कुमार तथा कुमारी पूजा गरिँदै आएको थियो । स्वनिगः पासापुचःले आयोजना गरेको कार्यक्रममा झण्डै ४ सय बालबालिकालाई सहभागी गराइएको थियो । पूजा समारोहका लागि स्थानीयबासी […]

काठमाडौंमा सामुहिक कुमारी पूजा

कुमारी पूजा गर्दा देशमा अनिष्ट नहुने, बालिकाहरु निरोगी हुने, जीवनमा बाधा अड्चन नआउने विश्वास गरिन्छ ।

तस्बिरमा कुमारी पूजा

काठमाडौं । हरेक वर्षजस्तै यो वर्ष पनि इन्द्रजात्राको अवसर पारेर  हनुमानढोकामा स–साना बालिकाहरुलाई कुमारी पूजा गरिएको छ । नेवार समुदायमा ७/८ वर्षसम्मका बालिकालाई कुमारी देवी मानी कुमारी पूजा गर्ने चलन छ। कुमारी पूजाका अवसरमा धेरै बालिकाहरु कुमारीको भेषमा पूजामा सहभागी भएका थिए ।  कुमारी पूजा गर्नाले बालिकाहरुमा रोग नलाग्ने र घरमा...