काठमाण्डाै - प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले डिप्लोमा तथा प्रमाणपत्र तहका विभिन्न शैक्षिक कार्यक्रममा छात्रवृत्तिका लागि आवेदन माग गरेको छ ।
सीटीईभीटीले प्रमाणपत्र र डिप्लोमा तहमा गरी २ हजार ९ सय १३ जना र प्रि-डिप्लोमा तहमा १ हजार ८ सय १४ गरी ४ हजार ७ सय २७ जना विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति दिने भएको हो ।
आज एक सूचना निकालेर सीटीईभीटी अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले निःशुल्क छात्रवृत्तिका लागि अनलाइन आवेदन खुलाएको हो ।
आउँदो साउन २९ गतेसम्म आवेदन भर्न सकिनेछ । ...