जिल्लाको माथागढी–५, गढबास र मनसेवा फाँटलाई सिंचाइ गर्न पक्की कुलो निर्माण सुरु भएको छ । एक खेती गर्न पनि आकाशे पानीको भर पर्नुपर्ने गढबास र मनसेवा फाँटका किसानले १२ महिना खेती गर्न सक्ने गरी पक्की कुलो निर्माण सुरु भएको हो ।
एक दशकदेखि सिंचाई योजनाको माग गरिरहेका यहाँका किसान सिंचाई योजनाको काम सुरु भएपछि खुशी भएका छन् । मनसेवा र गढबास फाँटको ११ सय रोपनी जग्गामा धान सहित वर्षमा अन्य तीन बाली खेती गर्नका लागि आफूहरूले एक दशकअघिदेखि नै योजना माग गरेको स्थानीय किसानको भनाई छ ।