माघ २६, काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा साढे ९ प्रतिशतले घटेको छ । गत आवको दोस्रो त्रैमाससम्ममा रू. ५ करोड ११ लाख नाफा कमाएको उक्त कम्पनीको नाफा चालू आवको सोही अवधिमा घटेर रू. ४ करोड ६३ लाखमा झरेको हो ।
त्यसैगरी सञ्चालन नाफा गत आवको दोस्रो त्रैमासमा रू. ३६ करोड २ लाख ऋणात्मक रहेकोमा चालू आवको सोही अवधिमा सुधारिएर रू. ७ करोड ७५ लाख धनात्मक भएको छ ।
खुद ब्याज आम्दानी गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १४ प्रतिशतले वृद्धि भएको छ ।
गत आवको दोस्रो त्रैमासमा कम्पनीले रू. ११ करोड ६१ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. १३ करोड २८ लाख पुगेको छ ।
कम्पनीको चुक्तापूँजी रू. २५ करोड ४९ लाख रहेको छ भने जगेडामा रू.२७ करोड ७५ लाख सञ्चित रहेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू.२ अर्ब ६७ करोड सापटि लिएर, रू.९३ करोड ४४ लाख निक्षेप संकलन गरेर रू. ४ अर्ब ४ करोड कर्जा लगानी गरेको छ ।
उक्त अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू. ३६ दशमलव ३४(वार्षिकीकरण), मूल्य आम्दानी अनुपात ३८ दशमलव २२,तरलता अनुपात ३ दशमलव ९५ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २०८ दशमलव ८६ रहेको छ ।
यो पनि हेर्नुस् :
नयाँ सारथी लघुवित्तले कमायो ६५ लाख ५० हजार नाफा
नयाँ सारथी लघुवित्तले एफपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दियो निवेदन