फागू पूर्णिमा सुरुवात भएको संकेतस्वरूप बिहीबार वसन्तपुरमा विधिवत रूपमा चीर ठड्याइएको छ । बिहानको शुभसाइतमा रंगीचंगी कपडाको टुक्रा झुन्ड्याएर चीर ठड्याइएको हो । हनुमानढोका दरबारको दक्षिणतर्फ छत्र आकारमा रंगीचंगी कपडाका टुक्रा झुन्डाएर सिंगारिएको चीर ठड्याइएको हो । मानन्धर समुदायद्वारा फाल्गुन शुक्ल अष्टमीका दिन चीर गाड्ने चलन छ ।