काठमाडौं- काठमाडौंको बसन्तपुर अगाडि विधिवत रूपमा आइतबार बिहान चिर ठड्याएसँगै फागु सुरु भएको छ। फागुन शुक्ल अष्टमी (आइतबार) को बिहान शुभसाइतमा बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको चिर उठाइएको हो। चिर ठड्याउन नेपाली सेना, गुर्जुको पल्टनलगायतले सहयोग गरे। यही फागुन ११ गते काठमाडौं उपत्यकालगायत पहाडी भेगमा होली खेलेर फागु पर्व मनाइन्छ भने तराईका विभिन्न जिल्लामा […]