काठमाडौं : नेकपा एमालेले महिनावारी हुने उमेर समूहका सबै महिलालाई वार्षिक १५ सय रुपैयाँ उपलब्ध गराउने भएको छ। आगामी चुनावका लागि घोषणापत्र मंगलबार सार्वजनिक गर्दै एमालेले आफ्नो नेतृत्वमा सरकार बने स्यानिटरी प्याड वा अन्य वैकल्पिक साधन खरिदका लागि वार्षिक रुपमा १५ सय रुपैयाँ दिने घोषणा गरेको हो। एमालेले ६० वर्षमाथिका नागरिकका लागि उच्च रक्तचाप र मधुमेह रोगको निःशुल्क परीक्षण तथा औषधि उपलब्ध गराउने पनि घोषणापत्रमा उल्लेख गरेको छ। कडा, असाध्य रोगहरूको उपचार पनि निःशुल्क गर्ने एमालेको घोषणा