पुल अलपत्र पारी बेपत्ता ठेकेदार खोज्न सीडीओलाई मेयरको पत्र

कावासोतीको केरुंगे खोलामा निर्माणाधीन पक्की पुल निर्माण अलपत्र पारेर गत ३ वर्षदेखि बेपत्ता ठेकेदारको  खोजी सुरु भएको छ । कावासोती नगरपालिकाका मेयर विष्णुप्रसाद भुसालले गत आइतबार प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएर कावासोती नगरपालिका वडा नम्बर ३, ४ र ५ जोडने पक्की पुलको ठेक्का लिएका ठेकेदार कमल भट्टको खोजी गरिदिन आग्रह गरेका हुन् ।

सम्बन्धित सामग्री

ठेकेदार फरार, पुल अलपत्र

उदयपुरको बेलका नगरपालिका–३ स्थित गिदेरी खोला मोटरेबल पक्की पुल निर्माणको काम बिचैमा अलपत्र परेको छ । सो पुल निर्माण गर्ने कम्पनी पप्पु मृत सञ्जीवनी जेभीका ठेकेदार गौरी उप्रेती सम्पर्कविहीन भएपछि पुल निर्माणको काम बिचैमा अलपत्र परेको हो ।

ओखलढुंगामा सडक पुल निर्माणको काम अलपत्र

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका– ७ टक्सारको दोल्पुस्थित पोक्तिङ खोलामा निर्माण थालिएको सडक पुल अलपत्र परेको छ । ठेकेदार कम्पनीले पिलर उठाएपछि पुल निर्माणको काम अलपत्र पारेको हो । पक्की पुल निर्माणका लागि ठेक्का लागेको साढे २ वर्ष बितिसक्दा समेत पुल निर्माण भएको छैन । पूर्वाधार विकास कार्यालयमार्फत् ४ करोड ३५ लाख रुपैयाँको लागतमा काष्ठमण्डप […]

खजुरा पुल अलपत्र‚ ठेकेदार खोजिदिन नगरपालिकाले गुहार्‍यो प्रशासन

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकास्थित खजुरा खोलामा निमार्णाधीन पुल अलपत्र परेको छ । वडा नम्बर ५ र १६ जोड्ने गरी निर्माण हुन लागेको पुल भनिएको खजुराखोला पुल निर्माण अलपत्र पारेर ठेकेदार समपर्कमा नआएको नगरपालिकाले जनाएको छ ।

पुल अलपत्र: ठेकेदार बेपत्ता

खोटाङ र उदयपुरलाई जोड्ने सुनकोसी पुलमा निर्माणाधीन रहेको झोलुङ्गे पुल अलपत्र अवस्थामा रहेको छ । पुलको निर्माण जिम्मा पाएको ठेकेदार समेत बेपत्ता भएपछि पुल निर्माणले गति लिन सकेको छैन ।

नवलपुरको केरुङ्गे खोलामा निर्माणाधीन पुल अलपत्र : ठेकेदार सम्पर्क विहीन

काठमाण्डौ – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको केरुङ्गे खोलामा निर्माणाधीन पुल अलपत्र परेको छ । कावासोती नगरपालिका वडा नम्बर ३ र ४ लाई जोड्ने गरी केरुङ्गे खोलामा निर्माणाधीन पुल अलपत्र पारेर ठेकेदार नै सम्पर्क विहीन भएको वडा–४ का अध्यक्ष नारायणप्रसाद लोहनीले बताउनुभयो । पुल निर्माणको काम २०७५ सालमा सुरु भएको थियो । २०७७ साल असारसम्म पुल निर्माणको काम सकिनुपर्ने थियो । अहिलेसम्म पुलको केही भाग मात्रै निर्माण भएको छ । बीच खण्डमा ढलानका लागि तयारी गरिएको छ । तर, वर्षा सुरु ...

पक्राउ गर्न प्रशासनमा पत्र पुगेपछि पंखु खोला पुलको काम सक्ने ठेकेदारको ‘कबुल’

खोटाङ – पक्राउ गर्न प्रशासनमा पत्र पुगेपछि मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको चखेवा भञ्ज्याङ–दिक्तेल सडक खण्डमा पर्ने पंखु खोलाको मोटरेबल पुल अलपत्र पार्ने ठेकेदार कम्पनीले चालु आर्थिक वर्षभित्र पुलको काम सक्ने कबुल गरेकाे छ ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मध्यपहाडीको पंखु खोला मोटरेबल पुल अलपत्र पार्ने ठेकेदारलाई पक्राउ गरी कानुनी दायरामा ल्याउनका लागि चैत २४ गते जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेपछि अत्तालिएका सिरुवा कन्ट्रक्शन प्रालिका प्रबन्ध निर्देशक दिनेश पौडेलले चालु आर्थिक वर्ष...

बन्दै गरेको पुल अलपत्र छोडेर ठेकेदार दुई वर्षदेखि सम्पर्कविहीन

कावासोतीको केरुंगे खोलामा निर्माणाधीन पुल अलपत्र पारेर ठेकेदार सम्पर्कविहीन भएका छन् । कावासोती नगरपालिकाको वडा नम्बर ४ र ३ को बीचमा रहेको केरुंगे खोलाको पुल निर्माण गर्दै गरेका ठेकेदारको दुई वर्षदेखि कुनै अत्तोपत्तो नै छैन ।

पुल अलपत्र पार्ने निर्माण कम्पनीको ठेक्का रद्द गर्छु - मुख्यमन्त्री राई

सङ्खुवासभा – प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले सङ्खुवासभा र भोजपुर जोड्ने लम्सुवाघाटकाे अरुण नदीमा निर्माण गर्न लागिएको पुल अलपत्र पार्ने कम्पनीको ठेक्का रद्द गर्ने बताउनुभएको छ । अरुण नदीमा निर्माण हुन लागेको पक्की पुल आज बुधवार अनुगमन गरेपछि मुख्यमन्त्री राईले ११ वर्षअघि निर्माण थालिएको पुल निर्माण गर्ने कम्पनीले काम अलपत्र पारेकाले ठेक्का रद्द गर्नुपर्ने अवस्था आएको बताउनुभयो । स्वच्छन्द निर्माण कम्पनीले विसं २०६७ मा निर्माण सुरु गरेको पुल निर्माण विभिन्न कारण देखाउँदै बीचमै काम छाडेर ठेकेदार भागेपछि पुल निर्...

निर्माणाधीन पुल अलपत्र

सर्लाही । डेढ महीनाअघि बाढीले क्षति पुर्‍याएको लालबन्दी र ईश्वरपुर जोड्ने फुलजोर खोलाको पुल निर्माण अघि बढ्न सकेको छैन । लालबन्दी नगरपालिका–३ जब्दी र ईश्वरपुर नगरपालिका–८, रामपुरलाई जोड्ने फूलजोर खोलाको निर्माणाधीन पुलमा क्षति पु¥याएको डेढ महीना पुगिसकेको छ तर पनि पुल पुनर्निर्माणको काम अलपत्र रहेको छ ।    पुल ढलान भएको २ सातामै सामान्य पानी पर्दैमा क्षति पुगेको र पुनर्निर्माणको काम डेढ महीना भइसक्दा पनि अघि बढ्न सकेको छैन । ठेकेदारले बेलैमा काम नगरेका कारण बाढीले पुलमा क्षति गरेको र पुनर्निर्माणमा ठेकेदार कम्पनी मौन देखिएको ईश्वरपुर–८ का वडाध्यक्ष श्यामबहादुर थापाले बताए ।    सम्झौताअनुसार पुल गत असार मसान्तमै निर्माण सकेर हस्तान्तरण गर्नुपर्ने भए पनि ठेकेदार कम्पनीले निर्माण सुस्त गरेका कारण पुल समयमै सम्पन्न हुन नसकेको लालबन्दी–३ का वडाध्यक्ष रामनारायण चौधरीले बताए ।    पुल निर्माणको काम पूरा नहुँदा लालबन्दी र ईश्वरपुरसहित अन्य छिमेकी स्थानीय निकायबाट हाटबजार तथा किनमेल गर्न लालबन्दी आउने स्थानीय बासिन्दालाई समस्या परेको छ ।

राजधानीको मुख्य सडककै पुल तीन वर्षदेखि अलपत्र

काठमाडौं । राजधानीकै मुख्य सडकमा रहेको कालिमाटी र टेकुबीचमा अवस्थित विष्णुमती नदीमा निर्माण सम्पन्न पुल अलपत्र छ । सरकार–ठेकेदार विवादका कारण पुल निर्माण सम्पन्न भएर पनि सञ्चालन हुन नसकेको हो । मापदण्डअनुसार पुल निर्माण नभएको भन्दै सरकारले रोक लगाउँदै ठेक्का तोडेपछि ठेकेदार कम्पनी पनि सरकारविरुद्ध अदालत पुगेसँगै पुल थप अलपत्र बन्न पुगेको छ । डिभिजन […] The post राजधानीको मुख्य सडककै पुल तीन वर्षदेखि अलपत्र appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.