उदयपुरको बेलका नगरपालिका–३ स्थित गिदेरी खोला मोटरेबल पक्की पुल निर्माणको काम बिचैमा अलपत्र परेको छ । सो पुल निर्माण गर्ने कम्पनी पप्पु मृत सञ्जीवनी जेभीका ठेकेदार गौरी उप्रेती सम्पर्कविहीन भएपछि पुल निर्माणको काम बिचैमा अलपत्र परेको हो ।
ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका– ७ टक्सारको दोल्पुस्थित पोक्तिङ खोलामा निर्माण थालिएको सडक पुल अलपत्र परेको छ । ठेकेदार कम्पनीले पिलर उठाएपछि पुल निर्माणको काम अलपत्र पारेको हो । पक्की पुल निर्माणका लागि ठेक्का लागेको साढे २ वर्ष बितिसक्दा समेत पुल निर्माण भएको छैन । पूर्वाधार विकास कार्यालयमार्फत् ४ करोड ३५ लाख रुपैयाँको लागतमा काष्ठमण्डप […]
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकास्थित खजुरा खोलामा निमार्णाधीन पुल अलपत्र परेको छ । वडा नम्बर ५ र १६ जोड्ने गरी निर्माण हुन लागेको पुल भनिएको खजुराखोला पुल निर्माण अलपत्र पारेर ठेकेदार समपर्कमा नआएको नगरपालिकाले जनाएको छ ।
खोटाङ र उदयपुरलाई जोड्ने सुनकोसी पुलमा निर्माणाधीन रहेको झोलुङ्गे पुल अलपत्र अवस्थामा रहेको छ । पुलको निर्माण जिम्मा पाएको ठेकेदार समेत बेपत्ता भएपछि पुल निर्माणले गति लिन सकेको छैन ।
काठमाण्डौ – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको केरुङ्गे खोलामा निर्माणाधीन पुल अलपत्र परेको छ ।
कावासोती नगरपालिका वडा नम्बर ३ र ४ लाई जोड्ने गरी केरुङ्गे खोलामा निर्माणाधीन पुल अलपत्र पारेर ठेकेदार नै सम्पर्क विहीन भएको वडा–४ का अध्यक्ष नारायणप्रसाद लोहनीले बताउनुभयो ।
पुल निर्माणको काम २०७५ सालमा सुरु भएको थियो । २०७७ साल असारसम्म पुल निर्माणको काम सकिनुपर्ने थियो । अहिलेसम्म पुलको केही भाग मात्रै निर्माण भएको छ । बीच खण्डमा ढलानका लागि तयारी गरिएको छ ।
तर, वर्षा सुरु ...
खोटाङ – पक्राउ गर्न प्रशासनमा पत्र पुगेपछि मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको चखेवा भञ्ज्याङ–दिक्तेल सडक खण्डमा पर्ने पंखु खोलाको मोटरेबल पुल अलपत्र पार्ने ठेकेदार कम्पनीले चालु आर्थिक वर्षभित्र पुलको काम सक्ने कबुल गरेकाे छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मध्यपहाडीको पंखु खोला मोटरेबल पुल अलपत्र पार्ने ठेकेदारलाई पक्राउ गरी कानुनी दायरामा ल्याउनका लागि चैत २४ गते जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेपछि अत्तालिएका सिरुवा कन्ट्रक्शन प्रालिका प्रबन्ध निर्देशक दिनेश पौडेलले चालु आर्थिक वर्ष...
जाजरकोट । भेरी करिडोरका आधा दर्जन पुल अलपत्र पारिएको छ । जाजरकोट–डोल्पा सडक खण्डभित्र पर्ने भेरी नदीमा आधा दर्जन पुलहरू ठेकेदार कम्पनी क्याराभान कन्स्ट्रक्सनले अलपत्र पारेको हो ।
सडक विभागको पुल महाशाखाबाट ३६ महिनाभित्र निर्माण गर्ने गरी बोलपत्र गरिएको थियो । ठेक्का लिएको एक वर्ष बित्दासम्म काम नै शुरु गरिएको छैन । नलगाड नगरपालिकाको ताँसुगाड पुल, मैदेखोला, त्रात्रगाड, झुम्रेखोला र नलगाड नदीमा क्याराभानले पुल निर्माण नगरेको हो ।
जाजरकोट डोल्पा र रुकुम पश्चिमको बीचमा रहेको त्रिवेणीस्थित भेरी नदिमा पुलसमेत क्याराभान कन्स्ट्रक्सनलले लिएर ठेक्का विक्री गरेको छ । दुई वर्षसम्म ठेक्का होल्ड गरेर क्याराभान कन्स्ट्रक्सनले रेट्रो ट्रेक कन्स्ट्रक्सनलाई विक्री गरेको छ ।
जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले खोलेको १५ करोडको ठेक्का क्याराभान कन्स्ट्रक्सनले १४ करोड १७ लाखमा रेट्रो ट्रेक कन्स्ट्रक्सनलाई विक्री गरेको थियो । सडक डिभिजन, चौरजहारीलाई जिम्मेवारी नदिएर काठमाडौंबाटै खोलिएका यी ठेक्काहरू अहिले वर्षदेखि अलपत्र परेका छन् ।
डिजाइन इस्टिमेट मन्त्रालयमा असोजदेखि थन्किएको छ । क्याराभान कन्स्ट्रक्सनका प्रमुख चन्द्र थकालीमाथि पुल निर्माणमा चासो नदिएको आरोप छ । डिजाइन इस्टिमेट पास गर्न पुल महाशाखालाई ताकेता गर्नुको साटो चुप लागेर बसेको स्थानीयले आरोप लगाएका छन् ।
अहिले भेरी नदीका केही ठाउँमा कम भारवहन क्षमताका बेलिब्रिज पुलहरू निर्माण गरेर यातायातका साधनहरू सञ्चालन भइरहेका छन् । त्यस्तै जाजरकोटको तल्लुबगर, डोल्पाको खदाङ र छलगाडमा समेत पक्की पुलको बोलपत्र भएर वाइपी एमआर जेभी, चितवनले ठेक्का पाएको थियो ।
२६ माघ २०७९ पुल महाशाखामा सम्झौता भइसकेको छ । सडक विभागको पुल महाशाखामा सम्झौता भएर अहिले डिजाइन इस्टिमेटको काम भइरहेको छ ।
यो कामको अनुगमन तथा मूल्यांकनको काम पुल सेक्टर, सुर्खेतले हेर्दै आएको छ । ६ महीनाभित्र डिजाइन गरिसकेर पुलको भौतिकतर्फको काम शुरु गर्नुपर्ने छ ।
त्यस्तै डोल्पाको छलगाडमा समेत पक्की पुल निर्माणका लागि ठेक्का भइसकेको छ । भेरी करिडोरअन्तर्गत जाजरकोटको पासागाडदेखि डोल्पाको मरिमसम्म २३१.५ किलोमिटर लम्बाइ छ ।
भेरी करिडोरको जम्मा लम्बाइ ३१० किलोमिटर छ । अहिले पासागाड–रिम्ना हुँदै तल्लुबगरसम्म पिचको काम शुरु भएको छ । यो सडकखण्डमा तोकिएको समयमा पुल निर्माणको काम नहुँदा वर्षेनी सास्ती हुँदै आएको छ ।
अहिले एकाध ठाउँमा बेलिब्रिजबाट भेरी नदीमा पुल निर्माण भएपछि कम भारवहन क्षमता भएका ट्रकहरू डोल्पाको सदरमुकाम दुनै पुग्ने गरेका छन् । सडक डिभिजन, चौरजहारीले यस सडकखण्डमा पिचको काम गर्दै आएको छ ।
यति बिल्ड्रसले पिचको ठेक्का लिएको छ । ठूला भारवहन क्षमता भएका सवारीसाधन तथा बसहरू सञ्चालन हुनका लागि यस सडकखण्डमा पक्की पुल निर्माण हुनु जरुरी छ । रासस
कावासोतीको केरुंगे खोलामा निर्माणाधीन पुल अलपत्र पारेर ठेकेदार सम्पर्कविहीन भएका छन् । कावासोती नगरपालिकाको वडा नम्बर ४ र ३ को बीचमा रहेको केरुंगे खोलाको पुल निर्माण गर्दै गरेका ठेकेदारको दुई वर्षदेखि कुनै अत्तोपत्तो नै छैन ।
सङ्खुवासभा – प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले सङ्खुवासभा र भोजपुर जोड्ने लम्सुवाघाटकाे अरुण नदीमा निर्माण गर्न लागिएको पुल अलपत्र पार्ने कम्पनीको ठेक्का रद्द गर्ने बताउनुभएको छ । अरुण नदीमा निर्माण हुन लागेको पक्की पुल आज बुधवार अनुगमन गरेपछि मुख्यमन्त्री राईले ११ वर्षअघि निर्माण थालिएको पुल निर्माण गर्ने कम्पनीले काम अलपत्र पारेकाले ठेक्का रद्द गर्नुपर्ने अवस्था आएको बताउनुभयो । स्वच्छन्द निर्माण कम्पनीले विसं २०६७ मा निर्माण सुरु गरेको पुल निर्माण विभिन्न कारण देखाउँदै बीचमै काम छाडेर ठेकेदार भागेपछि पुल निर्...
सर्लाही । डेढ महीनाअघि बाढीले क्षति पुर्याएको लालबन्दी र ईश्वरपुर जोड्ने फुलजोर खोलाको पुल निर्माण अघि बढ्न सकेको छैन । लालबन्दी नगरपालिका–३ जब्दी र ईश्वरपुर नगरपालिका–८, रामपुरलाई जोड्ने फूलजोर खोलाको निर्माणाधीन पुलमा क्षति पु¥याएको डेढ महीना पुगिसकेको छ तर पनि पुल पुनर्निर्माणको काम अलपत्र रहेको छ ।
पुल ढलान भएको २ सातामै सामान्य पानी पर्दैमा क्षति पुगेको र पुनर्निर्माणको काम डेढ महीना भइसक्दा पनि अघि बढ्न सकेको छैन । ठेकेदारले बेलैमा काम नगरेका कारण बाढीले पुलमा क्षति गरेको र पुनर्निर्माणमा ठेकेदार कम्पनी मौन देखिएको ईश्वरपुर–८ का वडाध्यक्ष श्यामबहादुर थापाले बताए ।
सम्झौताअनुसार पुल गत असार मसान्तमै निर्माण सकेर हस्तान्तरण गर्नुपर्ने भए पनि ठेकेदार कम्पनीले निर्माण सुस्त गरेका कारण पुल समयमै सम्पन्न हुन नसकेको लालबन्दी–३ का वडाध्यक्ष रामनारायण चौधरीले बताए ।
पुल निर्माणको काम पूरा नहुँदा लालबन्दी र ईश्वरपुरसहित अन्य छिमेकी स्थानीय निकायबाट हाटबजार तथा किनमेल गर्न लालबन्दी आउने स्थानीय बासिन्दालाई समस्या परेको छ ।
काठमाडौं । राजधानीकै मुख्य सडकमा रहेको कालिमाटी र टेकुबीचमा अवस्थित विष्णुमती नदीमा निर्माण सम्पन्न पुल अलपत्र छ । सरकार–ठेकेदार विवादका कारण पुल निर्माण सम्पन्न भएर पनि सञ्चालन हुन नसकेको हो । मापदण्डअनुसार पुल निर्माण नभएको भन्दै सरकारले रोक लगाउँदै ठेक्का तोडेपछि ठेकेदार कम्पनी पनि सरकारविरुद्ध अदालत पुगेसँगै पुल थप अलपत्र बन्न पुगेको छ । डिभिजन […]
The post राजधानीको मुख्य सडककै पुल तीन वर्षदेखि अलपत्र appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.