बागलुङ : मंगलबार बिहान १० बजे निसीखोला गाउँपालिकाका डिलबहादुर क्षेत्री यातायात व्यवस्था कार्यालय बागलुङमा सवारी अनुमति पत्र नवीकरण गर्न पुगे।कार्यालयका एक कर्मचारीले उनलाई स्वास्थ्य परीक्षण गरेर रिपोर्ट ल्याउन भने। क्षेत्री स्वास्थ्य परीक्षण गर्न नजिकै रहेको शंकर पोलिक्लिनिकमा गए। उनलाई डाक्टरले स्वास्थ्य परीक्षण गरेर रिपोर्ट दिनु पर्नेमा क्लिनिकमा काम गर्ने नक्कली डाक्टरले उनलाई रिपोर्ट थमाइदिए।नवलपरासी कावासोती नगरपालिका वडा नम्बर ९ का २० वर्षीय गणेश भण्डारीले उनलाई रिपाेर्ट थमा