नक्कली डाक्टर बनेर प्रमाणपत्रको सिफारिस गरिदिने एक जना पक्राउ

काठमाण्डाै – नक्कली डाक्टर बनेर नेपाल मेडिकल काउन्सिलको स्थायी दर्ता प्रमाणपत्रको सिफारिसमा हस्ताक्षर गर्ने एक जना पक्राउ परेका छन् । नेपाल मेडिकल काउन्सिलबाट लिनुपर्ने स्थायी दर्ता प्रमाणपत्रको लागि निवेदन दिने क्रममा काउन्सिलमा स्थायी दर्ता भएको डाक्टरको हस्ताक्षर चाहिने व्यवस्था छ । डाक्टर कृष्ण रिजालको सिफारिस फारामको अन्त्यमा अर्घाखाँचीका जितेन्द्र पन्थीले मेडिकल काउन्सिलको दर्ता नम्बर २३६४ लेखेर हस्ताक्षर गरिदिएका थिए । उनको हस्ताक्षर र काउन्सिलको दर्ता नम्बरमा शङ्का लागेर अनुसन्धान गर्दा उनले डाक्टर बनेको नक्कली प्रमाणपत्र लिएको...

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।