मनाङका किसान स्याउ खेतीतर्फ आकर्षित

२१ साउन, मनाङ । हिमाली जिल्ला मनाङका किसान स्याउखेतीतर्फ आकर्षित भएका छन् । स्याउ उत्पादन र बिक्री वितरण गरी जीविकोपार्जन चलाउने आधार बनाएर यहाँका किसान स्याउखेतीमा आकर्षित भएका हुन् । मनाङको तल्लो क्षेत्र नासों गाउँपालिका-८ ताचैका सोलबहादुर गुरुङका परिवारले परम्परागत खेती गर्दै आउनुभएको थियो । उत्पादन वृद्धि गर्ने उद्देश्यले अहिले विकासे (हाइब्रिड) स्याउखेतीतर्फ लागेका हुन् […]

सम्बन्धित सामग्री

gorkhapatraonline.com

हिमाल पारिको जिल्ला मुस्ताङका किसान यतिखेर स्याउको कलमीमा जुटेका छन् । हिमाली क्षेत्रमा व्यावसायिक कृषिको महत्वपूर्ण विकल्प बनेको स्याउ खेतीका लागि पुसमाघको समय कलमी गर्ने, स्याहारसुसार गर्ने एवम् लाग्न सक्ने सम्भाव्य रोगबाट जोगाउन रोग प्रतिरोधक औषधि एवम् अन्य कीटनाशक औषधि प्रयोग गर्ने बेला हो । पछिल्ला वर्ष बढ्दै गएको जलवायु परिवर्तनको असरसमेतका कारण विगतमा मुस्ताङको तल्लो भेगमा हुने गरेको स्याउ खेती विस्तारै माथिल्लो भेगतर्फ सर्दै गएको स्थानीय कृषकको अनुभव छ । स्वादका दृष्टिबाट अन्य स्थानभन्दा मुस्ताङका स्याउ कास्की, काठमाडाँैं, चितवनलगायत जिल्लामा सर्वसाधारणको राोजाइमा पर्दै गएको छ । बजारमा सर्वसाधारणले पाएसम्म मुस्ताङको स्याउ नै खोज्ने गरेको लामो समयदेखि पोखरामा स्याउको व्यापार गर्दै आउनुभएका शान्तिमाया पौडेलको अनुभव छ । पोखराका फलफूल बिक्री केन्द्रदेखि डोकामा स्याउ बोकेर बेच्न हिँड्ने व्यापारी पनि मुस्ताङको स्याउ भनी ग्राहकलाई आकर्षित गरिरहेका देखिन्छन् । मुख्य याममा मुस्ताङमा नै स्याउको थोक मूल्य प्रतिकिलो सय रुपियाँभन्दा बढी पर्ने गरेको र पोखरा, काठमाडौंँलगायत शहरमा रु १८० देखि रु २५० सम्म बिक्री हुने गरेको व्यापारी बताउँछन् ।