मिथिला क्षेत्रमा बिहीबार सतुवाइन (सातु खाने) पर्व मनाइँदै छ । मधेश प्रदेशको महोत्तरी, धनुषा, सर्लाही, बारा, पर्सा, रौतहट, सिरहा र सप्तरी तथा भारतको बिहार राज्यको दरभङ्गा, मधुबनी, सीतामढी, मुजफ्फरपुरलगायत मिथिला क्षेत्रका प्रत्येक घरघरमा आज बिहानैदेखि सतुवाइन पर्व मनाइरहेका छन् ।मिथिलामा सतुवाइन पर्व मनाउँदै नयाँ वर्षलाई स्वागत गर्ने परपम्परा रहेकोले आजका दिन यस क्षेत्रका प्रत्येक घरमा सतुवाइन पर्व मनाइने गरेको जलेश्वर नगरपालिका–८ का पण्डित कालिकान्त झाले बताए । चना, मकै, जौ, भटमासलगाय