५ चैत, काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्व सभामुख एवं माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ । म्याद थपका लागि अनुमति लिन अदालत लैजानुअघि उनलाई सरकारी वकिलको कार्यालय, रामशाहपथ पुर्याइएको हो । भेपमार्फत गरिएको करिव ९ किलो सुन तस्करीको पुनः अनुसन्धानका क्रममा प्रहरीले महरालाई सोमबार नै कपिलवस्तुबाट पक्राउ गरेको […]
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध लागेको आरोपबारे प्रहरीले अनुसन्धान पुरा गरेको छ । आइतबार प्रहरी वृत गौशालाले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको छ । प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख (सह न्यायाधिवक्ता) अच्यूतमणि नेउपानेले रातोपाटीलाई बताए ।प्रहरीले सन्दीप विरुद्ध जबर्जस्ती करणी गरेको कसुरमा अधिकतम सजाय हुन माग दावी गरेको छ । अनुसन्धान प्रतिवेदनका आधारमा अभियोग पत्र तयार गरेर तिहार विदापछि जिल्ला अदालतमा अभियोग पत्र दायर गरिने सह न
सिमकोट – उच्च सरकारी वकिल कार्यालय जुम्ला र जिल्ला सरकारी वकिल कार्यालय हुम्लाको आयोजनामा कानुनी राय, लिखित जवाफको प्रस्तुति र प्रतिरक्षा विषयमा अन्तरक्रिया गरिएको छ। सेवाग्राही र सरोकारवाला पक्षको जानकारीका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको हो। हुुम्लाका सरकारी वकिल पूर्णबहादुुर केसीले कानुनी रायसम्बन्धी कानुनी व्यवस्था र अभ्याससम्बन्धी कार्यपत्र प्रस्तुुत गरेका थिए। सरकारी तवरबाट सरोकारवाला पक्षका […]
ओछ्यानमा पिसाब गरेको भन्दै पिसाब नलीमा रबरले बाँधिदिने होस्टलकी कर्मचारीमाथि मुद्दा दायर भएको छ । प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले शुक्रबार होस्टलकी कर्मचारी जानुका नेपालीमाथि कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको हो । जिल्ला सरकारी वकिल कार्यालय कास्कीकाअनुसार होस्टलकी कर्मचारी जानुका नेपालीमाथि ५० हजार रुपैयाँ जरिवाना र एक वर्ष कैद सजायको मागदाबी गर्दै मुद्दा दर्ता गरिएको हो । २४ दिन लामो अनुसन्धानपछि जानुकाले ६ वर्षीय बालकलाई यातना दिएको पुष्टी भएको भन्दै उ
उर्लाबारी प्रहरीमा दिनहुँ धर्ना र जुलुश गरेर घटना छानबिनको माग गरिरहेका प्रविण बाँस्तोलाका आफन्तजनले आज जिल्ला प्रशासन मोरङ र सरकारी वकिल कार्यालय घेराउ गरेका छन्।