विराटनगर : प्रहरी हिरासतमा रहेका एक थुनुवाको मृत्यु शंकास्पद भएको भन्दै मृतकका परिवार प्रदर्शनमा उत्रिएका छन्।शुक्रबार गाँजासहित पक्राउ परेका विराटनगर–११ का ३७ वर्षीय भीम कामतको मृत्यु भएको घटना आफन्तले रहस्यमय भएको बताएका छन्। घटनाबारे छानबिनका लागि उच्च स्तरीय समिति गठन गरिनुपर्ने, दोषी प्रहरीलाई कारबाही र मृतक परिवारलाई क्षतिपुर्ति दिनुपर्ने माग राख्दै सोमबार प्रर्दशन गरेका छन्।जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि उनीहरूले सडकमा टायर बालेर प्रर्दशन गर्दै छानबिन समिति गठन गर्न माग गरे