फोहोर व्यवस्थापनका दीर्घकालीन उपाय

प्रदूषण तथा फोहोरमैला काठमाडौँ उपत्यकाको सबैभन्दा ठूलो टाउको दुखाइको विषय बन्ने गरेको छ । काठमाडौँ मात्र होइन घनाबस्ती भएका सहर तथा सहरोन्मुख क्षेत्रमा फोहोरमैलाको व्यवस्थापन सबैभन्दा ठूलो चुनौतीको रूपमा रहने गरेको छ । ल्यान्डफिल साइटमा विभिन्न कारणले फोहोर फ्याँक्नमा अवरोध हुने बित्तिकै बेलाबेलामा काठमाडौँमा फोहोर जम्मा हुन थाल्छ र फोहोरको डुङ्गुरले एक दुई दिनमै विकराल रूप लिन्छ । वास्तवमा फोहोरमैलाको दिगो व्यवस्थापन तथा फोहोरको समस्या समाधानका दीर्घकालीन उपायको खोजी हुन नसक्दा फोहोरको समस्या राजधानीबासीका लागि बल्झिरहने पिलो बनेको छ ।

सम्बन्धित सामग्री

काठमाडौँको फोहोर उठाउन नसक्नु लज्जास्पद : विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौँको फोहोर उठाउन नसक्नु लज्जास्पद रहेको बताएका छन् । शुक्रवार काठमाडौँमा आयोजित ‘कमरेडको जनै’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री शर्माले तीन तहको सरकार हुँदा पनि काठमाडौँको फोहोर उठाउन नसक्नु लज्जास्पद कुरा भएको बताएका हुन् । उनले यस्तो लज्जित अवस्थाको अन्त्य गर्नुपर्ने बताए । उनले फोहोर समस्याको दीर्घकालीन समाधानका […]

फोहोर व्यवस्थापन सबै महानगरको चुनौती, संघीय सरकारले उदासीनता देखाएको गुनासो

१४ साउन, पोखरा । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)का लागि फोहोर व्यवस्थापन टाउको दुखाइको विषय बनेको छ । फोहोर व्यवस्थापनका लागि दीर्घकालीन योजना पनि बनाइरहेको महानगरले अहिले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहोर लैजान्छ । तर, बेलाबेला हुने अवरोधका कारण दैनिक संकलन हुने फोहोर व्यवस्थापनमा समस्या झेल्दै आएका छन् । पोखरामा शुक्रबार र शनिबार भएको महानगरका […]

एक स्थानको फोहोर अर्को स्थानमा सार्नु दीर्घकालीन समाधान होइन

एक स्थानको फोहोर अर्को स्थानमा व्यवस्थापन गरेर मात्र दीर्घकालीन समाधान नहुने हुँदा सोहीअनुरुप कानुन निर्माण गरिनुपर्ने बताइएको छ । लामो समयदेखि काठमाडौँ उपत्यकाको फोहोर नुवाकोटको सिसडोलमा व्यवस्थापन गर्दै आएको र हाल बञ्चरेडाँडामा व्यवस्थापन गरिरहेको अवस्थाको स्मरण गर्दै जनप्रतिनिधिहरूको उक्त अभ्यास दीर्घ समाधान नरहेको बताएका छन् ।ललितपुर महानगरपालिकाको प्रमुख चिरिबाबु महर्जन जुन स्थानमा फोहोर उत्पादन हुन्छ सोही स्थानमा नै व्यवस्थापन गरिनुपर्ने भन्दै यसको लागि केन्द्र सरकारले पनि ध

आजदेखि काठमाडौंको फोहोर एक साता नउठ्ने

बिहीबारदेखि काठमाडौंको फोहोर एक साता नउठ्ने भएको छ । बाटो मर्मतको काम गर्नुपर्ने भएकाले फोहर व्यवस्थापन कार्य प्रभावित हुने भएको हो । नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले एक साता फोहोर व्यवस्थापनको काम नहुने भएको काठमाडौं महानगरपालिकाले जनाएको छ । बिहीबारदेखि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापनको काम रोकिने कामपा वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिइन् । बाटो मर्मतकै कारण यसअघि पनि बि

फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोज्नुपर्छ : जीवनराम श्रेष्ठ

नेता श्रेष्ठले फोहोर व्यवस्थापनको स्थायी समाधान खोजेर ल्याण्डफिल्ड साइटका बासिन्दाहरूलाई पनि न्याय र सफा वातावरणमा बस्नेकुराको सुनिश्चितता गर्र्नुपर्ने बताउनुभयो ।

'फोहोरले काठमाडौं बस्न नसक्ने अवस्था भयाे, दीर्घकालीन समाधान खाेजाैं'

नेकपा (एकीकृत समाजवादी) का नेता जीवनराम श्रेष्ठले फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोज्नुपर्ने बताएका छन्। शुक्रबार शहरी विकास मन्त्रालयमा भएको ल्याण्डफिल्ड साइड बञ्चरे डाँडा र सरकारवाला निकायहरुबीचको छलफलमा नेता श्रेष्ठले यस्तो बताएका हुन्।...

गगनको प्रस्ताव: फोहोर व्यवस्थापनको लागि जग्गा अधिग्रहण गर्न पाँच अर्ब छुट्याऔं

स्थानीयको अवरोधले काठमाडौं उपत्यकाको फोहोर विर्सजन हुन नसकिरहेको अवस्थामा काठमाडौं क्षेत्र नम्बर ४का सांसद गगन कुमार थापाले फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोज्नुपर्ने बताएका छन्।...

मेयर बालेन्द्रको टाउको दुखाइको विषय बन्दै काठमाडौंको फोहोर

फोहोर को दीर्घकालीन व्यवस्थापन गर्ने सरकारको घोषणाले मूर्तरुप लिन सकेको छैन। उपत्यकाको फोहोर व्यवस्थापन गरिँदै आइएको नुवाकोटको सिसडोल क्षेत्रका स्थानीयको अवरोधका कारण फोहोर बोकेका गाडी ‘डम्पिङ साइट’ सम्म पुग्न सकेका छैनन्।

कौसी खेती : फोहोर व्यवस्थापनमा स्थानीय तहको भूमिका

शहरी क्षेत्रमा फोहोर व्यवस्थापन चुनौतीपूर्ण कार्य हो । काठमाडौं महानगरलाई यसको ज्वलन्त उदाहरणका रुपमा लिन सकिन्छ । काठमाडौंको फोहोर व्यवस्थापन वर्षौंदेखि एक जटिल विषय बन्दै आइरहेको छ । कला, संस्कृति र सम्पदाले भरिपूर्ण काठमाडौंले फोहोर शहरका रुपमा आफ्नो परिचय बनाएको पनि बर्षैां भइसक्यो । तर, फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान निस्केको छैन ।दुई बर्षका लागि प्रयोग गर्ने भनेर शुरु गरेको नुवाकोटको सिसडोल ल्याण्डफिल साइटमा बिगत १६ बर्षदेखि महानगरले फोहोर थन्क्याउँदै आएको छ ।  उपत्यकाका अन्य १८

दिर्घकालीन ल्याण्डफिल साइट नहुँदा फोहोर व्यवस्थापनमा समस्या : प्रमुख शाक्य

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले दीर्घकालीन ल्याण्डफिल साइट निर्माण सम्पन्न नहुँदा फोहोर व्यवस्थापनमा समस्या आएको बताएका छन्। केही समयदेखि फोहोर काठमाडौं उपत्यकामा थुप्रिँदै गएपछि उनले यस्तो बताएका हुन।उनका अनुसार अहिले ओखरपौवा ल्याण्डफिल साइटमा कहिले ५० वटा त कहिले ६० वटा फोहोर बोक्ने सवारी साधन पुग्ने गरेका छन्। सामान्य अवस्थामा फोहोर बोकेका एक सय ५० वटासम्म सवारी दैनिक साइटमा पुग्ने गरेका थिए।  उनले भने,‘फोहोर व्यवस्थापनको असहजताका लागि धेरै कारण छन्,ब