भारतीय दूतावासले गर्यो पुस्तक विमोचन तथा छलफल कार्यक्रम, ‘नेपाल में हिंदी’ पुस्तक सार्वजनिक

काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासले पुस्तक विमोचन तथा छलफल कार्यक्रमको आयोजना गरेको छ । नेपाल–भारत पुस्तकालयमा ‘नेपाल–भारत साहित्य महोत्सव’अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालले बीपी कोइराला फाउण्डेशनको सहयोगमा प्रकाशित हिन्दी पुस्तक ‘नेपाल में हिंदी’ को विमोचन गरे ।  कार्यक्रममा नेपालका वरिष्ठ कविद्वय स्नेह सायमि र राजेन्द्र शलभको नेपालीबाट हिन्दीमा अनुदित कविता संग्रह ‘उजाले के रंग’ र स्नेह सायमिको नेपाली कविता संग्रह ‘चश्मा र आँखाको वार्ता’बारे चर्चा गरिएको थियो । सो कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका हिन्दी प्राध्यापक डा. श्वेता दिप्ती, प्रतिष्ठित कवि विधान आचार्य र वरिष्ठ साहित्यकार डा. रामदयाल राकेशले आ–आफ्नो विचार राखे ।  सम्बोधनका क्रममा प्रमुख अतिथि गिरीशचन्द्र लालले नेपाल र भारतबीचको सदियौं पुरानो सम्बन्धमा साझा संस्कृति तथा दुवै देशको भाषाको महत्त्वबारे प्रकाश पारे । कार्यक्रममा लेखक, शिक्षक, भाषाविद् तथा साहित्यप्रेमीको उपस्थिति थियो । 

सम्बन्धित सामग्री

४५ जना लेखकका ‘समकालीन नेपाली निबन्ध’ पुस्तक सार्वजनिक

काठमाडौं । समकालीन ४५ निबन्धकारका आत्मपरक निबन्धहरूको संग्रह ‘समकालीन नेपाली निबन्ध’ पुस्तक सार्वजनिक भएको छ । शंकर लामिछाने प्रतिष्ठान तथा भुँडीपूराण प्रकाशनको संयुक्त आयोजनामा काठमाडौंमा भएको कार्यक्रममा पुस्तक विमोचन भएको हो । विमोचनपछि बोल्दै डा. शान्तिमाया गिरी, सुधा शर्मा र प्रमोद प्रधानले पुस्तकमा संकलित निबन्धहरूको विविध पक्षमा चर्चा गरेका थिए । साथै उक्त कृतिका सम्पादक श्रीओम […]

‘बनौं संस्कारी’ पुस्तक सार्वजनिक

वरिष्ठ चिकित्सक डा भगवान कोइरालाई, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, अक्षरा स्कुलकी प्रिन्सिपल अञ्जु भट्टराई र पुस्तकका लेखक डा राजु अधिकारीले संयुक्त रुपमा पुस्तक विमोचन गरेका थिए।...

‘मल्लकालीन संस्कृति र चाडपर्व’ पुस्तक सार्वजनिक

भक्तपुर : संस्कृति प्रेमी एवं अध्येता डा. वीरेन्द्र प्रसाद कायस्थद्वारा लिखित ‘मल्लकालीन संस्कृति र चाडपर्व’ नामक पुस्तक सार्वजनिक भएको छ। पुस्तकले नेपाली इतिहासमा स्वर्णकालका रुपमा रहेको मल्लकालीन संस्कृति र चाडपर्वबारे जानकारी हाँसिल गर्न सकिने जनाइएको छ।नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पुस्तक विमोचन गर्दै ज्योतिषशास्त्रलाई विज्ञान र गणितको आँखाबाट हेर्नुपर्नेमा जोड दिए। संस्कार र संस्कृतिमा नदेखिँदा तरिकाबाट भित्रिएका कुसंस्कार र विकृति हटाई वास्तविक तथ्यसम

‘मल्लकालीन संस्कृति र चाडपर्व’ पुस्तक सार्वजनिक

काठमाडौँ– संस्कृतिप्रेमी एवं अध्येता डा वीरेन्द्रप्रसाद कायस्थद्वारा लिखित ‘मल्लकालीन संस्कृति र चाडपर्व’ नामक पुस्तक सार्वजनिक भएको छ । पुस्तकले नेपाली इतिहासमा स्वर्णकालका रुपमा रहेको मल्लकालीन संस्कृति र चाडपर्वबारे जानकारी हासिल गर्न सकिने जनाइएको छ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पुस्तक विमोचन गर्दै ज्योतिषशास्त्रलाई विज्ञान र गणितको आँखाबाट हेर्नुपर्नेमा जोड दिनुभयो । संस्कार […]

प्रदेशमा मिडिया नामक पुस्तक सार्वजनिक

पुस्तकमा संघ र प्रदेशहरूमा रहेका मिडियाहरूको अवस्थालाई केलाइएको छ। पुस्तक विमोचन कार्यक्रममा प्राध्यापक पी. खरेलले मिडियाको एकीकृत तथ्यांकले संघ, प्रदेश र जिल्ला तहमा मिडियाको अवस्था बुझ्न सहयोग पुग्ने भन्दै पुस्तकले मिडियाको बहुपक्षीय अध्ययनका लागि पनि स...

कांग्रेस सांसद कँडेलको पुस्तक सार्वजनिक

नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलको ‘बोनसको यो जीवन’ नामक पुस्तक विमोचन भएको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद कँडेलको पुस्तक विमोचन गरेका हुन् ।विमोचन समारोहपछि बोल्दै सांसद कँडेलले पुस्तकमा २०६० भदौ १२ गते कुसुन्तीमा आफैं माथि भएको आक्रमणका बारेमा चर्चा गरिएको बताए । उनले आक्रमणमा तत्कालीन माओवादी संलग्न रहेको र सोही सेरोफेरोमा पुस्तक तयार […]

‘हुम्लो भोटेलामा संस्कृति र बहुपति विवाह प्रथा’ को जानकारी दिने पुस्तक सार्वजनिक

सिमकोट – उत्तरी हुम्लामा बसोवास गर्ने लामा समुदायको जिवनीलाई विषयवस्तु बनाएको ‘हुम्लो भोटेलामा संस्कृति र बहुपति विवाह प्रथा’ पुस्तक विमोचन भएको छ । ग्याल्पो लोसार २१४९ कै अवसर पारि कन्जोक लामा ‘अविनाश’ द्धारा लिखित उक्त पुस्तक विमोचन भएको हो । लेखक लामाले हुम्लामा बसोवास गर्ने लामा समुदायको चालचलन, सँस्कृति, रितीरिवाज, चलन, धर्म, चाडपर्व, पहिरन, लवाई […]

सिंहको चौरासी  व्यञ्जन पुस्तक विमोचन

कान्ति राणा सिंहको चौरासी व्यञ्जन पुस्तक सार्वजनिक भएको छ । गत आइतबार आयोजित कार्यक्रममा डा. आरजु राणा देउवा, वरिष्ठ अधिवक्ता लोकभक्त राणा र लेखककी आमा लक्ष्मी राज्यलक्ष्मी राणाले संयुक्त रूपमा पुस्तक...

कमल थापाको पुस्तक विमोचन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले लेखेको “एक पटकको सैनिक जीवनभरको सैनिक” नामक पुस्तक सार्वजनिक भएको छ ।अध्यक्ष थापाले आफ्नो जीवनयात्राको आदर्श र प्रेरणादायी व्यक्तित्व बुबा अर्थात् अवकाशप्राप्त कर्णेल छत्रबहादुर थापाका बारेमा पुस्तक लेख्नुभएको हो । पुस्तक बिहीबार एक कार्यक्रमका बीच प्रधान सेनापति पूर्णचन्द्र थापाले विमोचन गरे । स्व.छत्रबहादुर थापा स्मृति ट्रष्टको वार्षिकोत्सवको […]

समाजसेवी कुँवरको ‘निरन्तर समाजसेवा” नामक पुस्तक सार्वजनिक

काठमाडौं, ९ साउन । समाजसेवी ताराबहादुर कुँवरद्वारा लिखित ‘निरन्तर समाजसेवा’ नामक पुस्तक विमोचन गरिएको छ। आज (शनिबार) काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच उत्तः पुस्तकको विमोचन गरिएको हो। निवर्तमान शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, पूर्व प्रधानसेनापति रुकमांगत कटवालले उक्त पुस्तकको विमोचन गरेका हुन् । कार्यक्रममा ‘हजुरलाई नमस्ते’ पुस्तकको अडियो बुक पनि स्वीच थिचेर सार्वजनिक गरिएको थियो । आफूले […]