भक्तपुर : संस्कृति प्रेमी एवं अध्येता डा. वीरेन्द्र प्रसाद कायस्थद्वारा लिखित ‘मल्लकालीन संस्कृति र चाडपर्व’ नामक पुस्तक सार्वजनिक भएको छ। पुस्तकले नेपाली इतिहासमा स्वर्णकालका रुपमा रहेको मल्लकालीन संस्कृति र चाडपर्वबारे जानकारी हाँसिल गर्न सकिने जनाइएको छ।नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पुस्तक विमोचन गर्दै ज्योतिषशास्त्रलाई विज्ञान र गणितको आँखाबाट हेर्नुपर्नेमा जोड दिए। संस्कार र संस्कृतिमा नदेखिँदा तरिकाबाट भित्रिएका कुसंस्कार र विकृति हटाई वास्तविक तथ्यसम