हेटौँडा : बागमती प्रदेश सरकारले महत्व दिएको दुध पाउडर उत्पादन गर्ने प्लान्टको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।प्रदेश सरकारले प्राथमिकताका साथ गौरवको योजनामा राखेको धुलो दुध निर्माण कार्य अन्तिम चरणमा पुगेको हो।सरकारको ४१ करोड २२ लाख ७१ हजार रुपैयाँ लगानीमा हेटौँडा उपमहानगरपालिका–१० सिसौघारीको दुई बिगाहा क्षेत्रफलमा पाउडर प्लान्ट निर्माण भइरहेको छ।हाल निर्माण क्षेत्रमा मेसिनहरु जडान गर्ने काम अन्तिम चरणमा पुगिसकेको प्रदेश सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ। दुग्ध