अदालतबाट कैद सजाय र लाखौँ जरिवाना तोकिएका फरार दुई व्यक्तिलाई प्रहरीले आज काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको दक्षिणकाली नगरपालिका– ३ बस्ने ४० वर्षका समुन्द्रकेशर केसी र काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका घर भई काठमाडौँको डल्लु बस्ने ४८ वर्षीय श्यामप्रसाद धिनाजु श्रेष्ठ रहेका छन् । प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार काठमाडौँको चौमतीबाट पक्राउ परेका केसीलाई अदालतले १५ दिन कैद र रु ३० लाख जरिवाना तथा बसपार्कबाट पक्राउ परेका श्रेष्ठलाई ६ दिन कैद र रु १० लाख जरिवा