शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशभरका सार्वजनिक विद्यालयको नक्सांकनको तयारीमा रहेको बताएका छन् । आइतबार आयोजित अन्तरक्रियामा मन्त्री पौडेलले देशभर सार्वजनिक विद्यालयको अवस्था ‘डिजिटल वेभ साइट’ मार्फत हेर्न सकिने गरी नक्सांकनको तयारी भइरहेको बताए । देशभरका सार्वजनिक विद्यालयमा केको आवश्यकता छ, त्यो अनलाइन मार्फत हेरि आवश्यकता अनुसारका भौतिक पूर्वाधार, आइसीटी ल्याब, घेराबारलगायतका शीर्षकमा बजेट छुट्याउन सकिने बताए । ‘सबै विद्यालयको भौतिक अवस्