छोरीहरुको लागि माध्यमिक विद्यालय खुला गर्न माग गर्दै अफगानिस्तानमा प्रदर्शन

अफगानिस्तानमा छोरीहरुको लागि माध्यमिक तहको विद्यालय खुला गर्न माग गर्दै प्रदर्शन गरिएको छ। झण्डै दुई दर्जन प्रदर्शनकारीहरूले शनिवार बिहान तालिवानको शिक्षा मन्त्रालय नजिक भेला भएर छोरीहरूको लागि माध्यमिक विद्यालयहरू फेरि खोल्न आग्रह गर्दै प्रदर्शन गरेको बीबीसीले उल्लेख गरेको छ। किशोरीहरु नयाँ शैक्षिकसत्रको सुरुवातमा विद्यालय फर्किएको केही घण्टामै तालिबानले विद्यालय बन्द गर्न आदेश…