स्वास्थ्यमन्त्री बस्नेतद्वारा पर्वत अस्पताल निरीक्षण

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पर्वत अस्पतालको निरीक्षण गर्नुभएको छ । शुक्रबार साँझ यहाँ पुग्नुभएका मन्त्री बस्नेतले अस्पतालका भौतिक पूर्वाधार र उपचार सेवालगायतका बारेमा जानकारी लिनुभएको हो । हालै गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको मूल्याङ्कनमा प्रदेशभरिमै उत्कृष्ट बनेको अस्पताललाई बधाई दिँदै उहाँले यसको थप स्तरोन्नति र गुणस्तरीय सेवा सुविधा प्रदान गर्नका लागि आवश्यक सहयोग गर्ने जानकारी …

सम्बन्धित सामग्री

पर्वत अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट

गण्डकी प्रदेशअन्तर्गत अस्पतालको न्यूनतम सेवा मापदण्डका आधारमा पर्वत अस्पताल प्राइमरी अस्पतालमध्ये उत्कृष्ट बनेको छ ।

पर्वत अस्पताल : आकस्मिक सेवाका बिरामी ७१० प्रतिशतसम्म बढे

पर्वत : जिल्लाको सबैभन्दा ठूलो सरकारी अस्पताल ‘पर्वत अस्पताल’ मा पछिल्लो तीन वर्षको अर्धवार्षिक तथ्यांकलाई हेर्दा आकस्मिक सेवामा ७१० प्रतिशतसम्म सेवाग्राही बढेको पाइएको छ।अस्पतालकी निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. रुक्मीना अधिकारीका अनुसार २०७७, २०७८ र २०७९ सालको साउनदेखि पुससम्मको ६ महिनामा प्रवाह गरिएका सेवाका तथ्यांकले यो देखाएको थियो। पछिल्ला तीन वर्षमा सबैभन्दा बढी चाप आकस्मिक सेवामा देखिएको छ। ओपिडी र आकस्मिक गरी दुई प्रकारका सेवामध्ये आकस्मिक सेवामा बिरामीको चाप बढी रहेको छ

पर्वत अस्पताल : जनशक्ति अभावमा भेन्टिलेटर प्रयोगबिहीन

पर्वत – आवश्यक दक्ष जनशक्ति अभावमा पर्वत अस्पतालमा रहेका भेन्टिलेटर प्रयोगविहीन बनेका छन् । अस्पतालमा सातवटा भेन्टिलेटर रहेका छन् । भेन्टिलेटरको आवश्यकता परे बिरामीले प्रयोग गर्न पाउने अवस्था छैन् । कोभिड–१९ का सङ्क्रमण बेला भित्र्याइएका ती भेन्टिलेटर अहिलेसम्म प्रयोगमा आउन सकेका छैनन् । गण्डकी प्रदेश सरकारले दिएको रु एक करोड ६९ लाखको लगानीमा आइसीयू र […]

भाइरल ज्वरो, डेंगु र स्क्रब टाइफसका बिरामीले भरियो पर्वत अस्पताल

पर्वत : मौसमको परिवर्तनको बेलामा हुने ‘भाइरल फिवर’ र ‘डेंगु’ को प्रकोपका कारण पर्वत अस्पतालमा बिरामीहरूको चाप ह्वात्तै बढेको छ।पछिल्ला केही दिन यताबाट अस्पतालको ‘ओपिडी’ विभागमा आएर स्वास्थ्य परीक्षण गराउनेहरू तथा भर्ना भएर स्वास्थ्य लाभ गर्नेहरूको सङ्ख्या उच्च रहेको अस्पतालका सूचना अधिकारी जनस्वास्थ्य निरीक्षक लक्ष्मण उपाध्यायले बताए।मौसम परिवर्तनको बेलामा धेरैलाई प्रभावित बनाउने ‘भाइरल फिवर’ र लामखुट्टेको टोकाइबाट हुने ‘डेंगु’ को लक्षण

पर्वत अस्पताल गण्डकी प्रदेशकै उत्कृष्ट

पर्वत : जिल्ला अस्पताल पर्वत गण्डकी प्रदेशको उत्कृष्ट बनेको छ। प्रदेशका ११ वटा अस्पताललाई पछि पार्दै पर्वत अस्पताल उत्कृष्ट बनेको हो।गण्डकी प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशका ११ वटा जिल्लाका अस्पतालहरूलाई विभिन्न १२ वटा सूचकहरूको आधारमा प्रदान गरेको अंकमा पर्वत अस्पतालले ७४.९४ अंक प्राप्त गर्दै प्रदेशमा नै प्रथम भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिए।‘न्यूनतम सर्त मापन मूल्यांकनमा लगातार दुई वर्ष प्रदेशकै उत्कृष्ट अस्पताल बन्न सफल पर्वत अस

पर्वत अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट – देशसञ्चार

पर्वत– गण्डकी प्रदेशका अस्पतालमध्ये पर्वत अस्पताल यस वर्ष पनि उत्कृष्ट भएको छ । यो अस्पताल गत आर्थिक वर्षमा पनि उत्कृष्ट बनेको थियो । स्वास्थ्य

पर्वत अस्पताल गण्डकी प्रदेशकै उत्कृष्ट

पर्वत । गण्डकी प्रदेशका अस्पतालमध्ये पर्वत अस्पताल यस वर्ष पनि उत्कृष्ट भएको छ । यो अस्पताल गत आर्थिक वर्षमा पनि उत्कृष्ट बनेको थियो । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशबाट हरेक वर्ष हुँदै आएको न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा ११ जिल्लामध्ये सबैभन्दा बढी अंक पर्वत अस्पतालले प्राप्त गरेको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीका अनुसार सुशासन […]

पर्वत अस्पताल : स्वास्थ्यकर्मीले ४ महीनादेखि पाएनन् तलबभत्ता

पर्वत । पर्वत अस्पतालका स्वास्थ्यकर्मी मासिक तलबभत्ता पाउन सकेका छैनन् । कोरोना महामारीमा जोखिमपूर्ण रूपमा काम गर्दै आएका कर्मचारीले चार महीनादेखि तलबभत्ता पाएका छैनन् । सरकारले कोभिड महामारीमा खटिने स्वास्थ्यकर्मीलाई न्यूनतम ५० प्रतिशत भत्ता दिने घोषणा अघिल्लो आर्थिक वर्षमै गरेको थियो । तर, यहाँ कार्यरत स्वास्थ्यकर्मीले फागुनयता न्यूनतम पारिश्रमिक समेत पाएका छैनन् । पर्वत अस्पतालका चार चिकित्सक, ११ जना स्टाफ नर्स, अनमी र कार्यालय सहयोगीलगायत १५ जनाले तलबभत्ता नपाएका हुन् । अस्पताल विकास समितिले नियुक्त गरेका र करार सेवामा कार्यरत केही चिकित्सक र अरू स्वास्थ्यकर्मीले नियमित पारिश्रमिक पाएका छैनन् । कोरोनाको दोस्रो लहरले भयावह रूप लिएको अवस्थामा उनीहरू चौबीसै घण्टा सेवामा खटिएका छन् । ‘यस्तो जोखिम छ । ज्यानको बाजी लगाएर काममा खटिएका छौं,’ डा. डिबी क्षेत्रीले भने, ‘सरकारले जोखिम भत्ता दिन्छु भनेको छ । तर हामीले नियमित पाउनुपर्ने पारिश्रमिक समेत चार महीनादेखि पाएका छैनौं ।’ अस्पतालमा कार्यरत चिकित्सकले बाहिर कतै सेवा नगरेबापत मासिक न्यूनतम ५ हजारका दरले नन प्राक्टिस एलाउन्स (एनपीए) पाउनुपर्ने व्यवस्था छ । सोबापतको रकम र जोखिम भत्तासमेत साउनदेखि नै नपाइएको एक चिकित्सकले गुनासो गरे । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले गत वैशाख २९ मा ३ दिनभित्र पारिश्रमिक नपाए काम छोड्न बाध्य हुने चेतावनीसहितको पत्र समितिलाई बुझाएका थिए । अस्पताल विकास समितिले स्वास्थ्यकर्मीको माग सम्बोधन गर्न सकेको छैन । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय, पर्वत प्रशासन र अस्पताल विकास समितिलाई बोधार्थ दिइएको पत्रमा यो समस्याबारे जानकारी गराइए पनि सुनुवाइ नभएको स्वास्थ्यकर्मीको गुनासो छ । १५ शय्या स्वीकृत भएको अस्पताल अब ५० शøयामा स्तरवृद्धि गर्न पूर्वाधार निर्माणको काम भइरहेको छ । बेड क्षमता कम भए पनि दाँत, आँखा, डायलसिस, कोभिडलगायतको समस्याका कारण अस्पतालमा स्थायीभन्दा करार सेवाका स्वास्थ्यकर्मीको संख्या अधिक छ । अस्पताल प्रशासनले स्वास्थ्यकर्मीले पारिश्रमिक पाउन नसकेको स्वीकारेको छ । अस्पतालका लेखा अधिकृत गौरवदास बैरागीका अनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ र सरकारी कारोबार निर्देशिका २०७७ अनुसार सरकारी कारोबार एकल खाताकोष प्रणाली (टीएसए)मा जानुपर्छ । कोलेनिकाले तोकेको निर्देशिका पालना नगर्दा तलबभत्ता निकासीमा समस्या भइरहेको हो । कोरोना महामारीसँग जुध्दै स्वास्थ्यकर्मीले भने नियमित काम गर्दै आएका छन् । महामारीकै बीच १३५ जना बिरामीको विभिन्न शल्यक्रिया गरिएको छ । पर्वत अस्पतालका सूचना अधिकारी लक्ष्मण उपाध्यायका अनुसार कोरोनाको दोस्रो महामारी शुरू भएपछिको डेढ महीना अवधिमा १३ जना गर्भवतीको जटिल खालको सफल शल्यक्रिया गरिएको छ ।

पर्वत अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट

पवर्त । पर्वत अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट बनेको छ । विगत एक वर्षका अवधिमा अस्पतालमा निर्माणाधीन भौतिक संरचना र स्वास्थ्य सेवामा थप भएका सुविधासँगै अस्पतालको उपलब्धिस्तर प्रदेशमै पहिलो बनेको हो ।

पर्वत अस्पताल गण्डकी प्रदेशकै उत्कृष्ट

पर्वत अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट बनेको छ। विगत एक वर्षका अवधिमा अस्पतालमा निर्माणाधीन भौतिक संरचना र स्वास्थ्य सेवामा थप भएका सुविधासँगै अस्पतालको उपलब्धिस्तर प्रदेशमै पहिलो बनेको हो।