भाइरल ज्वरो, डेंगु र स्क्रब टाइफसका बिरामीले भरियो पर्वत अस्पताल

पर्वत : मौसमको परिवर्तनको बेलामा हुने ‘भाइरल फिवर’ र ‘डेंगु’ को प्रकोपका कारण पर्वत अस्पतालमा बिरामीहरूको चाप ह्वात्तै बढेको छ।पछिल्ला केही दिन यताबाट अस्पतालको ‘ओपिडी’ विभागमा आएर स्वास्थ्य परीक्षण गराउनेहरू तथा भर्ना भएर स्वास्थ्य लाभ गर्नेहरूको सङ्ख्या उच्च रहेको अस्पतालका सूचना अधिकारी जनस्वास्थ्य निरीक्षक लक्ष्मण उपाध्यायले बताए।मौसम परिवर्तनको बेलामा धेरैलाई प्रभावित बनाउने ‘भाइरल फिवर’ र लामखुट्टेको टोकाइबाट हुने ‘डेंगु’ को लक्षण