पर्वत अस्पताल : आकस्मिक सेवाका बिरामी ७१० प्रतिशतसम्म बढे

पर्वत : जिल्लाको सबैभन्दा ठूलो सरकारी अस्पताल ‘पर्वत अस्पताल’ मा पछिल्लो तीन वर्षको अर्धवार्षिक तथ्यांकलाई हेर्दा आकस्मिक सेवामा ७१० प्रतिशतसम्म सेवाग्राही बढेको पाइएको छ।अस्पतालकी निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. रुक्मीना अधिकारीका अनुसार २०७७, २०७८ र २०७९ सालको साउनदेखि पुससम्मको ६ महिनामा प्रवाह गरिएका सेवाका तथ्यांकले यो देखाएको थियो। पछिल्ला तीन वर्षमा सबैभन्दा बढी चाप आकस्मिक सेवामा देखिएको छ। ओपिडी र आकस्मिक गरी दुई प्रकारका सेवामध्ये आकस्मिक सेवामा बिरामीको चाप बढी रहेको छ