दाङ : तुलसीपुरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको शाखा कार्यालय बन्द हुँदा सेवाग्राही मारमा परेका छन्। सहकारी एक महिनादेखि बन्द छ।सहकारीको शाखा कार्यालयमा बचतकर्ता रकम झिक्न दिनदिनै पुग्ने गरेका छन्। तुलसीपुर बीपी चोकका फलफूल व्यवसायी तुलसी नेपालीको एक लाख २७ हजार बचत छ । उनी अब त्यो पैसा पाउने आशा मरिसकेको बताउँछन्। ‘एक महिना भयो सहकारी बन्द भएको, फोन गर्छौम् दुई÷चार दिनमा खुल्छ भन्न लागेको धेरै भइसक्यो, उनले भने, ‘साहुलाई पैसा तिर्नुपर्ने थियो, निकै गाह्र