काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोलि बुधवार हुने राष्ट्रिय सभाको चुनावमा प्रदेश १ मा मात्र मतदान गर्ने भएको छ ।
पार्टीको आज मङ्गलवार बसेको केन्द्रीय पदाधिकारी बैठकले यस्तो निर्णय गरेको महामन्त्री भुवन पाठकले प्रेस विज्ञप्ति निकालेर यो जानकारी दिनुभएको हो ।
राप्रपाले प्रदेश १ मा पार्टीका उम्मेदवारहरू अम्बरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई मतदान गर्न निर्देशन दिएको हो । त्यस्तै अन्य प्रदेशमा पार्टीका उम्मेदवार नभएकाले पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने मतदाताहरूलाई मतदान प्रक्रियामा सहभागी नहुन...