राष्ट्रिय सभा निर्वाचनमा प्रदेश १ बाहेकमा मतदान नगर्न राप्रपाको निर्देशन

काठमाडौँ– राप्रपाले बुधबार (भोलि) १९ सिटका लागि हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश १ बाहेकमा मतदान नगर्न आफ्ना प्रतिनिधिलाई निर्देशन दिएको छ । राप्रपाको मंगलबार बसेको बैठकले प्रदेश १ मा पार्टीका उम्मेदवारद्वय अम्बरबहादुर बिष्ट र रञ्जु प्याकुरेललाई मतदान गर्न र अन्य प्रदेशहरुमा पार्टीको उम्मेदवार नभएकोले पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने मतदाताहरूलाई मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन […]

सम्बन्धित सामग्री

राष्ट्रिय सभा निर्वाचन: सातै प्रदेशमा मतदान

राष्ट्रिय सभा निर्वाचनको मतदान शुरू भएको छ । बुधवार सात वटै प्रदेशहरूमा तोकिएको मतदानस्थलमा मतदान शुरू भएको हो । जसअनुसार प्रदेश १ मा २ वटा मतदानस्थल तोकिएको छ ।  गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिका प्रमुख र उपप्रमुखको लागि प्रदेश निर्वाचन कार्यालय विराटनगर र प्रदेश सभा सदस्यको लागि बाली संरक्षण प्रयोगशाला विराटनगरमा मतदानको व्यवस्था गरिएको छ ।  त्यसै गरी मधेश प्रदेशमा जनकपुरस्थित महेन्द्रनारायण निधि भवनमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।  औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृ...

राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ मा शुरू भयो मतदान

राष्ट्रिय सभा सदस्यका लागि प्रदेश १ मा मतदान शुरू भएको छ । बिहान ९ बजेदेखि मतदान शुरू भएको हो । तिन पदका लागि भएको चुनावमा ५ पार्टीका ८ उम्मेदवार चुनावी मैदानमा छन् । गठबन्धनका तर्फबाट तिन दलका तिन उम्मेदवार एक्ला एक्लै चुनावी मैदानमा छन् । गठबन्धनको तर्फबाट गठबन्धनबाट नेपाली कांग्रेसका गोपाल बस्नेत, नेकपा एकीकृत समाजवादीकी जयन्ती राई र जनता समाजवादी पार्टीका हेमराज थुलुङ राई उम्मेदवार छन् । यस्तै एमालेको तर्फबाट सोनाम गेल्जेन शेर्पा, मोरङका गुरुप्रसाद बराल र झापाकी सुमित्रा सुवेदी भण्डारी चुनावी मैदानमा...

राष्ट्रिय सभा निर्वाचन : राप्रपाले प्रदेश १ बाहेक अन्य प्रदेशमा मतदान नगर्ने

आज हुन गइरहेको राष्ट्रिय सभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो पार्टीका उम्मेदवारलाई मात्रै मतदान गर्ने भएको छ । आफ्नो पार्टीका उम्मेदवार नभएका प्रदेशमा मतदानमा सहभागिता नजनाउने राप्रपाले निर्णय गरिसकेको छ ।राप्रपा महामन्त्री भुवन पाठकका अनुसार प्रदेश १ मा आफ्ना पार्टीका उम्मेदवार अम्मरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई मात्र मतदान गर्न भनिएको छ ।  राप्रपाले प्रदेश १ मा एमालेसँग सहकार्य गर्ने निर्णय गरेको थियो । तर, अहिले त्यो निर्णय परिवर्तन भएको छ ।

राष्ट्रिय सभा निर्वाचन: राप्रपाले प्रदेश १ बाहेक अन्य प्रदेशमा मतदान नगर्ने

न्युज अफ नेपाल, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ बाहेक अन्य प्रदेशमा मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ । बुधबार हुन गइरहेको राष्ट्रिय सभा निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई मात्रै मतदान गर्ने भएको छ । आफ्नो पार्टीका उम्मेदवार नभएका प्रदेशमा मतदानमा सहभागिता नजनाउने राप्रपाले निर्णय गरेको छ ।राप्रपा महामन्त्री भुवन […]

राष्ट्रिय सभा निर्वाचन भोलि, कहाँ कहाँ मतदानस्थल ?

राष्ट्रिय सभा सदस्यको १९ सिटका लागि बुधबार निर्वाचन हुँदै छ । निर्वाचन आयोगका अनुसार प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी १९ पदका लागि बुधबार बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म निर्वाचन हुन लागेको हो । जसका लागि आठ मतदानस्थलमा १४ वटा मतदान केन्द्र तोकिएको छ । प्रदेश १ मा प्रदेश निर्वाचन कार्यालय विराटनगरमा र बाली संरक्षण प्रयोगशाला विराटनगरमा मतदान स्थल तोकिएको आयोगले जानकारी दिएको छ । मधेस प्रदेशका

राष्ट्रिय सभा निर्वाचन : कुन दलबाट कहाँ को-को उम्मेदवार ?

निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि सातै प्रदेशमा उम्मेदवारको मनोनयन दर्ता सम्पन्न गरेको छ । आयोगले प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, बाग्मती प्रदेशको हेटौंडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनीको घोराही, कर्णालीको वीरेन्द्रनगर र सुदूरपश्चिमको धनगढीमा उम्मेदवारी दर्ता कार्यक्रम तय गरेको थियो । दर्ता भएका उम्मेदवारविरुद्ध आयोगले बुधबार उजुरी दिन सकिने जनाएको छ । यस्तै, २२ देखि २३ पुससम्ममा उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २३ गते नै उम्मेदवारको नामावली प्रकाशन गर्ने, २४ पुसमा उम्मेदवारले नाम फिर्ता लिने र ...

राष्ट्रिय सभा निर्वाचन : कुन प्रदेशमा कति जना उम्मेदवार ?

राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश १ मा महिलातर्फको रिक्त हुने एक सिटका लागि तीन जनाको उम्मेदवारी परेको छ । यस्तै, सो प्रदेशमा अपांगता भएका वा अल्पसंख्यकतर्फ दुई जनाको उम्मेदवारी परेको छ भने अन्य समूहतर्फ तीन जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । प्रदेश १ मा रिक्त हुने तीन पदमा सबै गरी आठ जनाको उम्मेदवारी परेको हो । जसमा तीनै समूहबाट गरी एक÷एक जना अर्थात् कुल तीन जना निर्वाचित हुनेछन् । यसैगरी, प्रदेश २ मा महिला समूहतर्फ तीन जना तथा अन्यतर्फ दुई जनाको गरी पाँच जनाको उम्मेदवारी परेको छ । प्रदेश २...

राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ मा आठ जनाको उम्मेदवारी दर्ता, कसको कति मतभार ?

विराटनगर, २० पुस : राष्ट्रिय सभा सदस्यको चुनावका लागि प्रदेश १ बाट तीन पदका लागि आठ जनाको उमेदवारी परेको छ । मंगलबार भएको मनोनयन दर्तामा आठ जनाले उमेदवारी दिएका हुन् । नेकपा एमालेका राष्ट्रियसभा सदस्यहरू मोरङकी नैनकला ओझा, इलामका अगम बान्तवा र संखुवासभाका परशु मेघी गुरुङको कार्यकाल सकिन लागेपछि तीन जनाका लागि हुन गइरहेको निर्वाचनमा […]

राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ मा पनि गठबन्धन अगाडि

१९ पुस, विराटनगर । राष्ट्रिय सभा सदस्यका लागि प्रदेश १ को निर्वाचनमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)बीच कडा प्रतिस्पर्धा हुने भएको छ । दुई पक्षको मतान्तर कम भएका कारण कडा प्रतिस्पर्धा हुने भएको हो । प्रदेश १ मा तीन जना सदस्यका लागि माघ १२ मा निर्वाचन हुँदैछ । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य […]

राष्ट्रिय सभा निर्वाचन : एमालेका दुई उम्मेदवार फेरिए, यी हुन १९ उम्मेदवार

एमालेले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दुई उम्मेदवार परिवर्तन गरेको छ । १९ जनाको नाम टुंगो लगाउने क्रममा एमालेले प्रदेश १ खुलामा देवराज घिमिरेको ठाउँमा गुरु बराल र गण्डकी प्रदेशको...