चालू आर्थिक वर्ष २०७८/७९ को सात महिनामा विदेशबाट ८९ करोड ५७ लाख रुपैयाँको स्वीट्स बिस्कुट भित्रिएको छ । भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि माघसम्मको अवधिमा उक्त मूल्यको बिस्कुट भित्रिएको हो ।यस अवधिमा ४५ लाख ४१ हजार ९९१ किलोग्राम बिस्कुट भित्रिएको तथ्यांकले देखाएको छ । उक्त मूल्य बराबरको लाखौं किलोग्राम बिस्कुट भित्रिँदा राज्यले ५१ करोड ४८ लाख रुपैयाँ भन्सार राजश्व उठाएको छ ।नेपालले अष्ट्रेलिया, क्यानडा, चीन, डेनमार्क, हङकङ, भारत, जापान, कोरिया, इन्डोनेसिया, स्पेन, पोल्याड, न्यूजील्याण्ड, था