मृत्युदर्ता भएको ६ वर्षपछि मोरङ बेलबारीका सुभाष तामाङले नागरिकता पाएका छन् । उनको नाम सरकारी अभिलेखमा मृतकको विवरण थियो ।
भोजपुरको षडानन्द नगरपालिका–२ पुर्ख्यौली घर भएका तामाङ २०७१ सालमा साउदी अरबको एक कम्पनीमा रोजगारीका लागि गएका थिए ।
२०७२ असार २४ गते दुर्घटना भएपछि तामाङको मृत्यु भएको भन्दै कम्पनीले अर्कैको शव पठाएको थियो । परिवारले दाहसंस्कार गरेर २०७२ साउन ६ गते षडानन्द नगरपालिका–२ मृत्युदर्ता गराएको थियो ।
मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा बसाइँ सरेका तामाङ आ...