किर्ते कागजपत्र गरेर ससुरालीले छोरा बेचिदिएका चन्द्रकुमार न्यायको प्रतीक्षामा
आमाबाबुको प्रश्न– नक्कली बाबु र मृत्युदर्ता प्रमाणपत्र बनाएर धर्मपुत्रका नाममा हाम्रो छोरा विदेशीलाई बेच्नेमाथि कारबाही हुन्छ कि हुँदैन ?
बाबु नक्कली । बाबुको मृत्युदर्ता प्रमाणपत्र पनि नक्कली । सोही कागजात प्रयोग गरी ससुरालीले...
किर्ते नागरिकता वैधानिक बनाउन वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गृह मन्त्रालयको छानबिन समितिलाई दोश्रो श्रीमती भनेर बयान दिएकी महिलाबाट जन्मिएकी छोरी भनिएकी रुबिना श्रेष्ठको जन्मदर्ता समेत ‘किर्ते’ भेटिएको छ।...
उदयपुरमा सरकारी छाप र दस्तखत किर्ते गरी फरार प्रतिवादी पक्राउ परेका छन्। सरकारी छाप र दस्तखत किर्ते गरी फरार रहेका प्रतिवादी चौदण्डीगढी नगरपालिका– १० देवधार बस्ने ३५ वर्षीय दिलिपकुमार चौधरी...
भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाउने प्रलोभनमा भएको ठगीमा किर्ते मुद्दा पनि चल्ने भएको छ । गृह मन्त्रालयको प्रतिवेदनमै किर्ते भएको र नक्कली परिचयपत्र बनाएको पुष्टि भएपछि ठगीसँगै प्रहरीले किर्ते मुद्दामा...
सप्तरी : सरकारी कागज कीर्ते तथा नागरिकता किर्ते गरेको आरोपमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ का वडाध्यक्ष रहमान मियाँ थुनामा परेका छन्।सरकारी लिखतसम्बन्धी कसुर र किर्ते नागरिकता बनाएको आरोप लागेका ६३ वर्षीय वडाध्यक्ष मियाँ पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा परेको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले बताए। उनीमाथि मृत्यु भइसकेका, उमेर नपुगेकाको नागरिकतामा केरमेट तथा भारतीय नागरिकको नक्कली नेपाली नागरिकता बनाई वर्षौँदेखि सामाजिक सुरक्षाभत्ता अपचलन गरेको आरोप छ। मुद्दा
नेपाल प्रहरीले राहदानी विभागको अनलाइन फर्म किर्ते गरी सेवाग्राहीलाई ठगी गर्ने तीनजनालाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेकासँग रु ४० हजार नगद, एक थान कम्युटर, एक थान ल्यापटप, एक थान प्रिन्टर र ५० थान किर्ते गरिएका कागजपत्र बरामद गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–११ त्रिपुरेश्वरस्थित राहदानी विभागको हाताबाहिर …
काठमाडौं, ११ साउन । नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र किर्ते गरेको अभियोगमा ३६ वर्षीय पुरुष पक्राउ परेका छन् । नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र किर्ते गरेको अभियोगमा ललितपुर जिल्ला ललितपुर बस्ने ३६ वर्षीय विजय श्याम रंजितलाई काठमाडौं महाराजगञ्जबाट आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । विजयले नेपाल मेडिकल काउन्सिल काठमाडौं बाँसवारीबाट चिकित्सकको रुपमा दर्ता हुनको लागि दर्ता […]
दाङमा किर्ते नागरिकता बनाएको आरोपमा पक्राउ परेका वडाअध्यक्ष सहित तीन जना तारिखमा छुटेका छन् । किर्ते नागरिकता बनाएको आरोपमा दाङको राजपुर गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष भीमबहादुर खड्कालाई पक्राउ गरिएको थियो ।आईतबार अपरान्ह वडाअध्यक्षसहित सोही वडाका भीमबहादुर कामी र उनकी छोरी शुसिला विकलाई पक्राउ गरिएको थियो उनीहरु तीनै जना सोमबार तारिखमा छुटेको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले जानकारी दिए ।कुरुङवाङका अनुसार कीर्ते गरी बनाएको नागरिकता खारेज गरिएको छ । दोषीहरुलाई जरिमाना, कैद सजा