विराटनगर : पछिल्लो समय कोशी प्रदेशमा प्रदेशको नाम फेर्नुपर्ने माग राख्दै आन्दोलन चर्किँदै गएको छ।अघिल्लो प्रदेशसभाले भूगोल र पहिचानको चेपुवामा छोडेको प्रदेशको नाम पहिचानसहितको हुनुपर्ने माग राख्दै विभिन्न पहिचानवादी संघसंस्था सडक आन्दोलनमा थिए।आन्दोलन र नामको विषयमा दलभित्रैको मतभिन्नता र सडक आन्दोलनले पाँचवर्षे कार्यकालमा पनि नाम सहज ढंगले पाउन सकेको थिएन। पाँचवर्षे कार्यकालमा पनि प्रदेश सरकारले नाम राख्न नसकेको भन्दै अघिल्लो प्रदेशसभाका सांसद र सरकारले आलोचना बेहोर्दै आउनुपरेको थियो