काठमाडौं : संघीय संसद् सचिवालयले नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरूङलाई निलम्बन गरेको छ। भ्रष्टाचार मुद्दा खेपिरहेका गुरुङलाई सचिवालयले मंगलबार निलम्बन गरेको हो। उनी मनाङबाट निर्वाचित सांसद हुन्। अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दा किनारा नलागुञ्जेलसम्म संवैधानिक व्यवस्थाअनुसार गुरुङको सांसद पद स्वतः निलम्बनमा परेको सचिवालयले जनाएको हो। उनीमाथि काठमाडौं फनपार्कको जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा विचाराधीन छ। अख्तियारले उनीसहित १६ जनाविरुद्ध माघ २