सामाजिक सञ्जाल प्रयोगकर्तालाई आयोगको कडा चेतावनी, उम्मेदवार र पार्टीको आइडी आयोगलाई दिनुपर्ने

बैशाख १८, काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारप्रति लक्षितगरी मिथ्या सूचना, दुष्प्रचार र द्धेषपूर्ण अभिव्यक्ति दिने गरी कुनै पनि सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई कडा चेतावनी दिएको छ ।  आयोगले आइतवार अपरान्ह विशेष पत्रकार सम्मेलन गरी स्थानीय तह निर्वाचनको स्वच्छता, स्वतन्त्रता र गरिमामाथि नै आँच आउने गरी यस्ता गतिविधि भईरहेको भन्दै तत्काल रोक्न सामाजिक प्रयोगकर्ताहरुलाई सचेत गराएको हो । यस्ता गतिविधि तत्काल नरोके निर्वाचन ऐन २०७३ को दफा २३, निर्वाचन कसुर तथा सजाय ऐन २०७३ र प्रचलित कानुन बमोजिम सामाजिक सञ्जाल प्रयोग कर्ताहरुलाई  कारबाही हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनले अगाडि भने, ‘निर्वाचन आयोगबाट स्विकृति व्यवस्थापनमा सामाजिक सञ्जाल उपयोग सम्बन्धि नीति २०७७ को निर्वाचन सम्बन्धि सूचना भरपर्दो, मितव्ययी, गुणस्तरीय र पहुँचयोग्य बनाई सामाजिक सञ्जालको उपयोग नियमनलाई प्रभावकारी बनाउने उद्देश्यलाई कार्यान्वयन गर्न आयोगबाट देहाय बमोजिम निर्णय गरि कार्यान्वयन गरिएको छ ।’ आयोगले निर्वाचनलाई प्रभावित पार्ने खालका सामग्रीहरुको प्रचार प्रसार नगर्नका लागि सीमावर्ती देशहरुलाई पत्राचार गर्न पनि परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ । त्यसैगरी राजनीतिक दल र उम्मेदवारले निर्वाचन आचारसंहिताको परिधि भित्र रही आफ्नो प्रचार प्रसार गर्न सामाजिक सञ्जाल खाताको प्रयोग गर्ने भएमा सोको विवरण उम्मेदवारको अन्तिम सूचि प्रकाशन भएको २४ घण्टा भित्र राजनीतिक दलको हकमा निर्वाचन आयोग र उम्मेदवारको हकमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो सामाजिक सञ्जालको खाताको विवरण अनिवार्य रुपमा बुझाउन पनि निर्देश गरिएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता पौडेलले सामाजिक सञ्जालको उपयोग सम्बन्धि नीतिलाई अनुगमन गर्ने जिम्मेवारी नेपाल प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघलाई दिइएको पनि बताए । उनले भने,   ‘त्यस्तै स्थानीय तह सदस्य निर्वाचन २०७९ लाई प्रभावित पार्ने गरी सीमावर्ती क्षेत्रमा रहेका छिमेकी देशका प्रशारण माध्यामबाट निर्वाचनलाई नकारात्मक प्रभाव पार्ने कुनै पनि सामग्रीको प्रशारण गर्न वा कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा कुनै समाचार, टिप्पणी, विचार वा यस्तै प्रकृतिको सामग्री प्रशारण गर्न वा राजनीतिक विज्ञापन हुन नदिन छिमेकी देशको सरकारलाई अनुरोध गरि पठाउन नेपाल सरकार परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ ।' राजनीतिक दल र उम्मेदवारले निर्वाचन आचारसंहिताको परिधि भित्र रही आफ्नो प्रचार प्रसार गर्न सामाजिक सञ्जाल खाताको प्रयोग गर्ने भएमा सोको विवरण उम्मेदवारको अन्तिम सूचि प्रकाशन भएको २४ घण्टा भित्र राजनीतिक दलको हकमा निर्वाचन आयोग र उम्मेदवारको हकमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो सामाजिक सञ्जालको खाताको विवरण अनिवार्य रुपमा बुझाउन पनि आयोगले निर्देशन दिएको छ । आम सञ्चार माध्यामलाई मिथ्या सूचना, दुष्प्रचार र द्धेषपूर्ण अभिव्यक्तिमा संलग्न नहुन प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघबाट आवश्यक कदम चाल्न र यस्ता कार्यको प्रभावकारी रुपमा अनुगमन गर्ने, गराउने व्यवस्था गर्न प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघलाई पनि आयोगले निर्देशन दिएको छ । निर्वाचन आयोगले जारी गरेको निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोग सम्बन्धि नीति २०७७ तथा निर्वाचन आचारसंहिता २०७८ बमोजिम सामाजिक सञ्जालको नियमनलाई प्रभावकारी बनाउने सन्दर्भमा फेसबुक, ट्वीटर, टिकटक, भाईवर र गुगलका कार्यालयसँग सम्पर्क स्थापना र सहकार्यका लागि सामाजिक सञ्जालका तत्तत कम्पनीका कार्यालयहरुसँग सम्पर्क गर्ने प्रयास गरिएको छ । भारतको नयाँ दिल्ली, संयुक्त राज्य अमेरिकाको वासिंटनडिसी र चीनको बेईजिङलाई अनुरोध गर्ने र उक्त मुलुकस्थित नेपाली दुतावासले आफ्नो सम्पर्क स्थापना गर्न नेपाल सरकार परराष्ट्र मन्त्रालयमार्फत् निर्देशन दिइएको छ । निर्वाचन आचारसंहिता २०७८ मा मिथ्या सूचना, दुष्प्रचार र द्धेषपूर्ण अभिव्यक्तिलाई निषेध गरिएका प्रावधानहरुको बारेमा सामाजिक सञ्जालका कार्यालयहरुलाई ती देशमा रहेका नेपाली राजदुतावासमार्फत् जानकारी गराइनेछ । मिथ्या सूचना, दुष्प्रचार र द्धेषपूर्ण अभिव्यक्ति दिने सामग्रीहरुको प्रचारप्रसार रोक्नका लागि इन्टरनेट सेवा प्रदायक, भ्याट र केवल टेलिभिजन नेटवर्कलाई निर्देशन दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूर सञ्चार प्राधिकरणलाई पत्राचार गरिएको छ । यस अनुसार मिथ्या सूचना, दुष्प्रचार र द्धेषपूर्ण अभिव्यक्ति सम्बन्धि निर्वाचन आचारसंहिताको उलंघन गरिएको पाइएमा वा सो सम्बन्धि कुनै जानकारी प्राप्त भएमा मौखिक, लिखित सामाजिक सञ्जाल वा अन्य कुनै विद्युतीय माध्याम वा तरिका वा आयोगको टोल फ्रि नम्बर ११०२ मा उजुरी दिन आयोगले आग्रह गरेको छ । स्थानीय तह सदस्य निर्वाचन २०७९ स्वच्छ, स्वतन्त्र र निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न निर्वाचन व्यवस्थापन सामाजिक सञ्जालको उपयोग सम्बन्धि नीति २०७७, निर्वाचन आचारसंहिता २०७८ र आयोगले गरेका निर्णय अनुसार आ–आफ्नो क्षेत्रबाट कार्यान्वयन तथा परिपालना निम्ति आयोग राजनीतिक दल, उम्मेदवार, सामाजिक सञ्जाल प्रयोगकर्ता, आम सञ्चार माध्याम, नागरिक समाज तथा सम्बन्धित सरोकारवाला सबैलाई आयोगले अनुरोध गरेको छ ।

सम्बन्धित सामग्री

यस्ता छन् विश्वमा धेरै प्रयोग गरिने दश सामाजिक सञ्जाल

आज जुन ३० अर्थात सामाजिक सञ्जाल दिवस । हरेक वर्ष जुन ३० मा सामाजिक सञ्जाल दिवस मनाउँदै आइएको छ । अहिले सामाजिक सञ्जालले विश्वका हरेक कुनाका मानिसलाई एकअर्कासँग जोडिरहेको छ । यसले मान्छेलाई जोड्न मात्रै नभएर रोजगारीको स्रोतको रुपमा पनि काम गर्दै आएको छ । पहिलो पटक सामाजिक सञ्जाल दिवस सन् २०१०, ३० जुनमा म्यासेबलले मनाएको थियो । सामाजिक सञ्जालले विश्वव्यापी सञ्चारमा...

श्रीलङ्कामा सामाजिक सञ्जाल पनि बन्द

काठमाडौं, चैत २० । खाद्यान्न र इन्धन अभावको विरोधमा प्रदर्शन भएपछि श्रीलङ्कामा सरकारले सामाजिक सञ्जालको पहुँचमा अवरोध गरेको छ । त्यहाँ ३६ घण्टाका लागि कर्फ्यूसमेत घोषणा गरिएको छ । फेसबुक, ट्विटर र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल खोल्न नमिल्ने बनाएका राष्ट्रपति गोटाबय राजपक्षले सम्बन्धित निकायबाट लिखित अनुमति नलिई कसैले पनि सडक, उद्यान, रेल वा समुद्री तटमा जान […]

ट्रम्पको आफ्नै सामाजिक सञ्जाल ट्रुथ सार्वजनिक

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सार्वजनिक गरेका छन् । नयाँ प्लेटफर्मले दशौं मिलियन प्रयोगकर्तालाई आकर्षित गर्ने ट्रम्पका सल्लाहकारले बताएका छन् । उनको एप एप्पलको एप स्टोरमा उपलब्ध भएको छ । एपस्टोरमा रहेको लिकंको अनुसार एपमा कस्टम प्रोफाइल, सर्च टूल, भिडियो क्यापिब्लिटी फिचर, मेसेजिङ फिचर र डार्क मोडको फिचर उपलब्ध रहेको छ । एपमा...

नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्ने ट्रम्पको घोषणा

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ सामाजिक सञ्जाल सञ्चालनमा ल्याउने घोषणा गरेका छन्।  बहुचर्चित सामाजिक सञ्जालहरु ट्वीटर र फेसबुकले आफ्नो आधिकारीक 'एकाउन्ट' हटाइदिएपछि उनले नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्ने घोषणा गरेका...

नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्ने ट्रम्पको घोषणा

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ सामाजिक सञ्जाल सञ्चालनमा ल्याउने घोषणा गरेका छन् ।  बहुचर्चित सामाजिक सञ्जालहरु ट्वीटर र फेसबुकले उनका आधिकारीक “एकाउन्ट” हटाइदिएपछि उनले नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्ने घोषणा गरेका हुन् ।अमेरिकामा गत वर्ष भएको राष्ट्रपतीय निर्वाचनका बेलामा तत्कालिन राष्ट्रपति ट्रम्पले आफै भ्रम फैलाएको, सामाजिक सद्‌भावलाई असर पारेको लगायतका आरोप लगाउँदै ती सामाजिक सञ्जालहरुले उनको एकाउन्ट हटाइदिएका थिए । विषेश गरेर ट्रम्पका समर्थकहरूको भिड

ट्रम्पले आफ्नै सामाजिक सञ्जाल खोल्ने

ट्विटर र फेसबूकबाट निकालिएपछि आफ्नो कुरा राख्न नपाएर छटपटिरहेका अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नै सामाजिक सञ्जाल खोल्न लागेका छन् ।  ट्रुथ सोसल नामक उक्त सञ्जाल सन् २०२२ को शुरूतिरै खोल्ने उनको योजना छ । ट्रम्प मिडिया यान्ड टेक्नोलोजी ग्रुपले उदारवादी मिडियाको झुण्डलाई टक्कर दिन नयाँ सामाजिक सञ्जाल खोल्न खोजेको बताए । अमेरिकामा फरक मतलाई मौन राख्नका लागि एकपक्षीय शक्ति दुरुपयोग गर्ने सिलिकन भ्यालीका ठूला प्रविधि कम्पनीविरुद्ध लड्न यो सञ्जाल खोलेको कम्पनीको भनाइ छ ।  ट्रम्प उक्त ग्रुपका अध्यक्ष हुन् । उन...

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पले खोले ‘ट्रुथ सोसल’ नामक सामाजिक सञ्जाल

एजेन्सी, ४ कात्तिक । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल खडा गर्ने घोषणा गरेका छन् । ट्रम्प मिडिया एण्ड टेक्नोलोजी ग्रुप अन्तरगत उनले ‘ट्रुथ सोसल’ सामाजिक सञ्जाल खडा गर्ने घोषणा गरेका हुन् । उक्त सामाजिक सञ्जाल अगामी महिना नोभेम्बरमा निश्चित प्रयोगकर्ताहरुका लागि ‘एप’ स्टोरमा उपलब्ध गराइनेछ । उक्त सामाजिक सञ्जाल सन् २०२२ को […]

सामाजिक सञ्जाल फेसबुक, इस्टाग्राम र ह्वाट्सएप डाउन

चर्चित सामाजिक सञ्जाल फेसबुक डाउन भएको छ । सोमबार रातिदेखि डाउन भएको यो सामाजिक सञ्जाल यो समाचार तयार पार्दासम्म पनि अवरुद्ध नै छ । यो  सामाजिक सञ्जाल नेपालसहित धेरै देशबाट नखुलेको प्रयोगकर्ताले बताएका छन् । यस्तै फेसबुकको सहायक कम्पनी  इन्स्टाग्राम र ह्वाट्सएप पनि अवरुद्ध भएको छ । प्रयोगकर्ताहरुले ती सामाजिक सञ्जाल नखुलेको भन्दै रिपोर्ट गरिरहेका छन् । एकसाथ चर्चित सञ्जालमा के कारणले समस्या आयो भन्नेबारे केही खुलाइएको छैन ।  बेलाबेलामा फेसबुक यसअघि पनि डाउन हुने गरेको थियो ।

सामाजिक सञ्जाल हुनका लागि चाहिने फिचर के के हुन ?

आजभोलि सामाजिक सञ्जाल धेरै नै प्रयोग हुने शब्दावली पर्छ । यो वेबसाइट वा एप हो, जसको आफ्नै विशेषता रहेका हुन्छन् । सामाजिक सञ्जाल भनेको वेबमा आधारित साईटहरु हो जसले मान्छेहरुलाई एकअर्कासँग अन्र्तक्रिया गर्ने मौका प्रदान गर्ने गर्दछ । तर फेसबुक जस्तै विकिपिडिया पनि एक साईट हो त्यसलाई सामाजिक सञ्जाल भन्ने की नभन्ने भनेर कहिलेकाहीँ अप्ठयारो लाग्न सक्छ । त्यसैले आज हामी...

के हो भारत सरकार र सामाजिक सञ्जाल कम्पनीबीचको विवाद ?

१४ जेठ, काठमाडौं । सामाजिक सञ्जालमाथि नियन्त्रण गर्नेखालको नियमका कारण भारत सरकारमा सामाजिक सञ्जाल कम्पनीहरू एव‌ं सरकारबीच विवाद जारी छ । पछिल्लो पटक भारतीय प्रहरीले आफ्नो कार्यालयमा आएर चेतावनी दिएसँगै सामाजिक सञ्जाल कम्पनी ट्वीटरले ‘भारतको अभिव्यक्ति स्वतन्त्रता’बारे चिन्ता व्यक्त गरेको थियो । लगत्तै सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुकमा प्रजातन्त्रको चिन्ता नगर्न चेतावनीमूलक सन्देशहरू सरकारी अधिकारीहरूले जारी […]