काठमाण्डाै - तिहार नजिकिएसँगै कुचोको माग र व्यापार बढेको छ ।लक्ष्मीपूजाको दिन नयाँ कुचोको पूजा हुने र भाइ टीकाको दिन पनि कुचोमा राखेर ओखर फुटाउने प्रचलनका कारण तिहारमा व्यवसायीहरुलाई कुचो उत्पादन गर्न भ्याइनभ्याइ भएको हो । कुचोको माग बढेसँगै व्यवसायीहरुलाई कुचो बनाउन भ्याइनभ्याइ भएको छ ।नेपालमा मात्रै नभइ भारतमा पनि कुचोको माग बढेको काठमाण्डाैको सुकेधारामा रहेकाे गोरखनाथ कुचो सप्लायर्सका सञ्चालक रामप्रसाद बलाखेले बताउनु भयो । उहाँले नेपालमा कुचोको काम गर्न थालेको ६ वर्ष भएको र त्यसअघि भारतमा पनि कुचो व्यव...