काठमाडौं : गायिका इन्दिरा जोशी र प्रेमी शरद् केडियाबीच मंगलबार विवाह हुँदै छ।परिवारका केही सदस्यको उपस्थितिमा आफ्नो मेहेन्दी समारोह गरिएको तस्वीर उनले सार्वजनिक गरेकी छिन्।उनले तस्वीर सार्वजनिक गर्दै लेखेकी छिन्, 'मेरो बगैँचामा मेहेन्दी कार्यक्रम आयोजना भएको छ। हामीले यसलाई सरल र आत्मीय राख्ने निर्णय गरेका छौँ।'आफूलाई माया र आशीर्वाद दिने सबैलाई उनले धन्यवाद दिएकी छिन्।