गायिका इन्दिरा जोशीले आउँदो मंगलबार विवाह गर्ने भएकी छिन् । प्रेमी शरद केडियासँग उनले लगनगाँठो कस्न लागेकी हुन् ।उनले इन्स्टाग्राममा विवाहको मिति तोकिएको कार्ड सार्वजनिक गरेकी छिन् ।केही समय अघि उनले हेलिकोप्टरमार्फत् सगरमाथा आधार शिविर गएर प्रपोजलको तस्बिर साझा गरेकी थिइन् ।