सवारी चालक अनुमति : बागमती प्रदेशमा अपराह्न ४:३० देखि अनलाइन फाराम खुला

काठमाडौँ । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले सवारी चालक अनुमतिपत्रका लागि बायोमेट्रिक्सका लागि तोकिएको दिनको कोटा वृद्धि गर्दै ४ : ३० बजेदेखि अनलाइन फाराम भर्नेसमेतको व्यवस्था मिलाइएको बताएका छन् । उनका अनुसार मन्त्रालयले बिहीबार सूचना जारी गर्दै उक्त जानकारी गराएको हो। सेवाग्राहीको चाप बढेपछि मन्त्रालयले गत असार २८ गते तोकिएको कोटामा एक […]

सम्बन्धित सामग्री

सवारी चालक अनुमति पत्रको अनलाइन फारम बन्द

सवारी चालक अनुमतिपत्रको अनलाइन फाराम तत्कालका लागि बन्द भएको छ । यातायात व्यवस्था विभागले सोमबार जारी गरेको सूचनामा चैत १ गतेदेखि अर्को व्यवस्था नहुँदासम्मका लागि बन्द गर्ने निर्णय गरेको हो । हालसम्म परेका अनलाइन आवेदनहरुको कारबाही यथाशक्य चाँडो टुंग्याउनुपर्ने भएकाले अनलाइन आवेदन प्रणाली बन्द गर्ने निर्णय गरेको हो।

लाइसेन्स परीक्षाको पर्खाइमा लाखौं सेवाग्राही

काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) का लागि लाखौं मानिस पर्खाइमा रहेको पाइएको छ । कोभिड–१९ को नियन्त्रणका लागि सरकारले गत वर्षदेखि गरेको लकडाउन, निषेधाज्ञालगायतका कारण लामो समयदेखि सवारी चालक अनुमतिपत्रको परीक्षा सञ्चालन हुन सकेको छैन । सरकारले गत वर्षको लकडाउन अन्त्यपछि सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फारामसमेत खुलाएको थियो । अनलाइन फाराम भर्ने […] The post लाइसेन्स परीक्षाको पर्खाइमा लाखौं सेवाग्राही appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

लाइसेन्सकाे अनलाइन फाराम भर्ने काेटा प्रणाली भाेलिदेखि हट्ने

काठमाण्डाै – सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन फाराम भर्ने कोटा प्रणाली शुक्रबार (भोलि) देखि हट्ने भएको छ । दिनको निश्चित सङ्ख्यामा मात्रै अनलाइन फाराम भर्न पाउने व्यवस्था हुँदा फाराम भर्न नपाएको गुनासो बढिरहेका बेला यातायात व्यवस्था विभागले कोटा प्रणाली हटाएर आवश्यकताअनुसार आवेदन दिन सक्ने व्यवस्था गर्न ल...

लाइसेन्सको फाराम भर्ने सर्भरमा समस्या देखियो, सेवा अवरुद्ध

सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन फाराम भर्ने सर्भरमा समस्या देखिएपछि सेवा अवरुद्ध भएको छ । यातायात व्यवस्था विभागका अनुसार सर्भरको मर्मतका लागि सोमबार एक दिन सेवा नै बन्द गर्ने निर्णय भएको छ । विभागको सूचनामा पनि ‘सवारी चालक अनुमतिपत्रको अनलाइन फारम सर्भरको मर्मतका लागि आज अनलाइन सर्भर बन्द’ गरिएको उल्लेख छ । कोभिडका कारण गत चैतदेखि बन्द रहँदै आएको लाइसेन्सको नयाँ आवेदन विभागले गत मंगलबारदेखि मात्र खुल्ला गरेको थियो । आवेदन खुलेको ५ दिनमा नै सेवा अवरुद्ध बन्न पुगेक

चालक लाइसेन्सको फाराम भर्ने सर्भरमा समस्या देखिएपछि बन्द

सवारी चालक अनुमतिपत्रको अनलाइन फाराम भर्ने सर्भरमा समस्या देखिएको छ । यातायात व्यवस्था विभागले सूचना जारी गर्दै सर्भर मर्मत गर्नुपर्ने भएकाले १ दिनका लागि बन्द गरिएको जानकारी दिएको छ । ‘सर्भरको मर्मत कार्यका लागि आज मिति २०७७/०९/२० गतेका लागि अनलाइन सर्भर बन्द गरिएको छ,’ सूचनामा भनिएको छ, ‘यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं ।’

नौ महिनापछि खुल्यो लाइसेन्स फाराम

काठमाण्डाै – नौ महिनापछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि अनलाइन फाराम खुला भएको छ । कोरोना महामारीको कारण गएको चैतदेखि बन्द भएको अनलाइन फाराम आज (मङ्गलबार) देखि सातवटै प्रदेशमा खुलेको यातायात व्यवस्था विभागका निर्देशक एवम् सूचना अधिकारी डाक्टर लोकनाथ भुसालले जानकारी दिनुभयो । स्वास्थ्य सुरक्षाका सबै ...

हेटौंडाबाट पहिलो पटक सवारी चालक अनुमतिपत्र वितरण सुरु

काठमामाडौं उपत्यकाबाहिर पहिलो पटक प्रदेश सरकारले हेटौंडाबाट सवारी चालक अनुमतिपत्र वितरण सुरु गरेको छ । प्रदेश–३ अन्तर्गतको यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाले शनिबार प्रयोगात्मक परीक्षा लिई सवारी चालक अनुमतिपत्र वितरण गरेको हो । हेटौंडा कार्यालयले सेवा सुरु गरेसँगै सवारी चालक अनुमतिपत्रको लागि वीरगञ्ज वा काठमाडौं धाउनुपर्ने बाध्यता टरेको छ । अनलाइन फाराम संकलन गरी बिहीबार लिखित परीक्षा लिएको यातायात व्यवस्था सेवा कार्यालय हेटौैंडाले शनिबार प्रयोगात्मक परीक्षा लिई अनुमतिपत्र वितरण गरेको हो ।