काठमामाडौं उपत्यकाबाहिर पहिलो पटक प्रदेश सरकारले हेटौंडाबाट सवारी चालक अनुमतिपत्र वितरण सुरु गरेको छ । प्रदेश–३ अन्तर्गतको यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाले शनिबार प्रयोगात्मक परीक्षा लिई सवारी चालक अनुमतिपत्र वितरण गरेको हो ।
हेटौंडा कार्यालयले सेवा सुरु गरेसँगै सवारी चालक अनुमतिपत्रको लागि वीरगञ्ज वा काठमाडौं धाउनुपर्ने बाध्यता टरेको छ । अनलाइन फाराम संकलन गरी बिहीबार लिखित परीक्षा लिएको यातायात व्यवस्था सेवा कार्यालय हेटौैंडाले शनिबार प्रयोगात्मक परीक्षा लिई अनुमतिपत्र वितरण गरेको हो ।