अर्घाखाँचीको सिम्लेमा फल्यो पाँच करोडको सुन्तला

अर्घाखाँची – जिल्लाको पाणिनी गाउँपालिका वडा नं १ सिम्लेमा मात्रै पाँच करोड रुपैयाँको सुन्तला फलेको छ। सिम्लेमा मात्र ४९ घरका कृषक व्यावसायिक सुन्तला उत्पादनमा लागेका छन्। उनीहरु सबैले सुन्तला बेचेर कम्तीमा ३ लाखदेखि २८ लाखसम्म आम्दानी गर्छन्। यस गाउँका ४९ घरपरिवार व्यावसायिक सुन्तलाखेतीमा लागेको र यसबाट मनग्य आम्दानी गर्न सफल भएको कृषक रेवतीराज पौडेलले बताए। […]