जसले सुन्तला बेचेर यही वर्ष कमाए ४० लाख

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिका–११ नाम्सीकोटका कमल महतले यस वर्ष सुन्तला बेचेर रु ४० लाख आम्दानी गरेका छन् । वैदेशिक रोजगारीबाट फर्किएर सुन्तलाखेतीमा आबद्ध महतले सुन्तलाबाट मनग्य आम्दानी गरिरहेका छन् ।   विसं २०६४ बाट सुन्तला खेतीमा आबद्ध महतले सुन्तलाखेतीबाट सन्तुष्ट रहेको बताए । महतको सुन्तला बगैंचा ३५ रोपनी क्षेत्रफलमा फैलिएको छ । त्यहाँ एक हजार पाँच सय सुन्तलाका बोट छन् । उनले भने, ‘रोजगारीका लागि विभिन्न देश पुगे, त्यहाँ आत्मसन्तुष्ट हुन सकिनँ, स्वदेशमै फर्किएर केही गर्छु भन्ने मानसिकता बनाएर आएपछि सुन्तलाखेतीमा लागेको हुँ ।’ उनले विसं २०७६ मा कृषि महत फार्म दर्ता गरी व्यवस्थितरूपमा सुन्तलाखेती अगाडि बढाइरहेका छन् । उनका अनुसार सुन्तला बगैंचामा एक हजार पाँच सय उत्पादन दिने तथा सात सय उत्पादन नदिने बिरुवा छन् । उत्पादित सुन्तला काठमाडौंस्थित कालीमाटीमा विक्री हुँदै आएको छ ।  उनले यस वर्ष कालीमाटीमा प्रतिकिलो रु एक सय २० सम्म सुन्तला विक्री गरेको जानकारी दिए । उनले भने, ‘गत वर्ष रु ६० लाखको सुन्तला बगैंचाबाटै विक्री भएको थियो, तर यस वर्ष उत्पादनमा ह्रास आउँदा कम आम्दानी भयो ।’ नाम्सीकोट सुन्तला पकेट क्षेत्रका रूपमा परिचित छ । महतले नाम्सकोटका करीब दुई सय घरधुरीलाई समूहमा विभाजन गरी गत वर्ष कृषि ज्ञान केन्द्र तनहुँले करीब रु ४० लाख बराबरको कार्यक्रम सहयोग गरेको जानकारी दिए । उनका अनुसार शुक्लागण्डकी नगरपालिकाले किसानलाई सुन्तलाखेतीका लागि ड्रम, घाँस काट्ने मेसिनलगायत सामग्री अनुदान दिएको थियो ।  उनले यस वर्ष रु चार करोड बराबरको सुन्तला खरीद गरी विक्री गरेको जानकारी दिए । म्याग्दे गाउँपालिकाका किसानबाट रु एक करोड ५० लाख र शुक्लागण्डकीका अलैंचे, नाम्सीकोटलगायत टोलबाट रु दुई करोड ५० लाखको सुन्तला खरीद गरी विक्री गरेको उनले बताए । उनले सुन्तला बगानबाट प्रतिकिलो रु ७० देखि रु ७५ मा खरीद गरी रु एक सय २० सम्म विक्री गर्ने गरेको सुनाए ।  तनहुँमा यस वर्ष कृषकले सुन्तला विक्री गरेर रु ३० करोड भित्र्याएका छन् । जिल्लामा गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । ज्ञान केन्द्रका बागवानी विकास अधिकृत वीरेन्द्र धितालले यो वर्ष करीब रु ३० करोड बराबरको सुन्तला उत्पादन भएको जानकारी दिए । जिल्लामा यस वर्ष तीन हजार सात सय ५० मेट्रिकटन सुन्तला उत्पादन भएको प्रारम्भिक अनुमान छ ।  कार्यालयका अनुसार गत वर्ष रु २९ करोड बराबरको सुन्तला उत्पादन भएको थियो । उक्त अवधिमा तीन हजार छ सय २५ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । प्रत्येक वर्ष जिल्लामा सुन्तला उत्पादन बढेको छ । सुन्तलाखेतीबाट मनग्य आम्दानी हुन थालेपछि कृषक यसतर्फ आकर्षित हुँदै गएका छन् । जिल्लाका आठ हजार पाँच सय ७० हेक्टर क्षेत्रफलमा सुन्तला खेती विस्तारको सम्भावना रहेको छ ।  कार्यालयले सुन्तलाखेती गर्ने कृषकलाई बगैंचा व्यवस्थापनमा सहयोग गर्दै आएको छ । धितालले भने, ‘कृषकलाई सुन्तला बगैंचामै पुगेर पनि आवश्यक परामर्श दिइरहेका छौं ।’  तनहुँमा उत्पादित अधिकांश सुन्तला काठमाडौंका व्यापारीले लैजाने गरेका छन् । सुन्तला खरीदका लागि व्यापारी बगैंचासम्म पुग्ने गरेका छन् । काठमाडौंका अलावा पोखरा, नारायणगढलगायत ठाउँमा यहाँको सुन्तला विक्री हुने गरेको छ । यसका साथै जिल्लाकै दमौली, दुलेगौडा, खैरेनीटार, भिमादलगायत ठाउँमा यहाँको सुन्तला विक्री हुने गरेको किसान बताउँछन् । रासस

सम्बन्धित सामग्री

जसले बगैंचाबाटै बेच्छिन् ११ लाखको सुन्तला

म्याग्दीको बेनी नगरपालिका- ३ भकिम्ली मरेककी कर्णकुमारी पुर्जाले करेसाबारी र वरिपरि फलेका सुन्तला बेचेर लाखाैं कमाउने गरेकी छन्।...

सुन्तला बेचेर गल्याङका किसानले कमाए डेढ कराेड रुपैयाँ

स्याङ्जाको गल्याङ नगरपालिका–७, सिरौँसाका किसान यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएपछि उत्साहित भएका छन् ।

सुन्तला बेचेर म्याग्दीका दुई गाउँले भित्र्याए साढे दुई करोड

म्याग्दी : बेनी नगरपालिका ३ मा पर्ने राखु र वडा नं. ४ को बास्कुना गाउँका किसानले सुन्तला बिक्री गरेर यो वर्ष साढे २ करोड रुपैयाँ भित्र्याएका छन्।पाखोबारी र धानखेतमा सुन्तला खेती गरर यहाँका किसानले साढे दुई करोड रुपैयाँ भित्र्याएका हुन्। तल्लो र माथिल्लो भेगमा विभाजित राखुमा रहेका ६५ घरधुरीले न्यूनतम २० हजारदेखि अधिकतम २१ लाख सम्मको सुन्तला बिक्री गरी गाउँमा डेढ करोड रुपैयाँभन्दा बढी रकम भित्र्याएका हुन्।पुनसँगै राखुमा कुलबहादुर गर्बुजा, जसिकला रोका, भीमकुमारी घर्ती, खिरमति राना र&

गण्डकीमा तीन अर्बको सुन्तला उत्पादन

गण्डकी, २२ पुस । गण्डकी प्रदेशका पहाडी जिल्लामा अहिले किसानलाई सुन्तला बेच्न भ्याइनभ्याइ छ । सुन्तला बेचेर यहाँका किसानले बर्षेनि मनग्ये कमाउँछन् । यहाँ बर्सेनि ठूलो परिमाणमा सुन्तला उत्पादन हुन्छ । कृषि विकास निर्देशनालयको प्रारम्भिक तथ्याङ्क अनुसार यसवर्ष १० प्रतिशतले सुन्तला उत्पादन बढेको छ । निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले ३० प्रतिशत सुन्तला अझै बोटमै रहेको […]

गण्डकी प्रदेशमा यस वर्ष तीन अर्बको सुन्तला उत्पादन

गण्डकी प्रदेशका पहाडी जिल्लामा अहिले किसानलाई सुन्तला बेच्न भ्याइनभ्याइ छ । सुन्तला बेचेर यहाँका किसानले बर्षेनि मनग्ये कमाउँछन् । यहाँ बर्सेनि ठूलो परिमाणमा सुन्तला उत्पादन हुन्छ । कृषि विकास निर्देशनालयको प्रारम्भिक तथ्याङ्क अनुसार यसवर्ष १० प्रतिशतले सुन्तला उत्पादन बढेको छ । निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले ३० प्रतिशत सुन्तला अझै बोटमै रहेको बताउनुभयो । गत वर्षको …

पाल्पामा सुन्तला बेचेर वार्षिक लाखौं आम्दानी

पाल्पा । सुन्तला प्रशस्त उत्पादन भएपछि पाल्पाका कृषकलाई सुन्तला बिक्री गर्न भ्याइनभ्याइ छ । पाल्पाका कृषकका लागि अहिले सुन्तला खेती आम्दानीको मुख्य स्रोत बनेको छ । पाल्पाको छहरा, मुझुङ्ग, मैनादी, भैरवस्थान, कुसुम खोला, पूर्वखोला, देउराली, बराङ्गदी, नायर लगायत गाँउका कृषकले परम्परागत खेतीको तुलनामा सुन्तला खेतीबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । एक पटक लगाएपछि […]

सुन्तला बेचेर छ करोड १५ लाख आम्दानी

नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष सुन्तलाको उत्पादन बढेको छ । जिल्लामा यस वर्ष गत वर्षको भन्दा दुई सय ३० मेट्रिकटन बढी सुन्तला उत्पादन भएको हो । जिल्लाभरका एक सय ९१ हेक्टर क्षेत्रफलको सुन्तला बगैँचाबाट अहिले एक हजार २५ मेट्रिकटन सुन्तला उत्पादन भएको छ । उत्पादित सुन्तला बिक्रीबाट रु छ करोड १५ लाख आम्दानी भएको नवलपुरस्थित […]

सिम्लेमा फल्यो पाँच करोडको सुन्तला

जिल्लाको पाणिनि गाउँपालिका वडा नं १ सिम्लेमा मात्रै रु पाँच करोडको सुन्तला फलेको छ । सिम्लेमा मात्र ४९ घरका कृषक व्यावसायिक सुन्तला उत्पादनमा लागेका छन् । उनीहरूले सबैले सुन्तला बेचेर कम्तीमा रु तीनदेखि २८ लाखसम्म आम्दानी गर्छन् । यस गाउँका ४९ घरपरिवार व्यावसायिक सुन्तला खेतीमा लागेको र यसबाट मनग्य आम्दानी गर्न सफल भएको कृषक रेवतीराज पौडेलले बताए । उनले आफ्नो बारीमा पाँच सय ५५ बोट सुन्तला रहेको र यसबाट दुई सय ५० क्विन्टलभन्दा बढी फलेको बताए । उनले यस वर्ष सुन्तला बिक्रीबाट रु २५ देखि २८ लाख

अर्घाखाँचीमा एक वर्षमा २५ करोडको सुन्तला उत्पादन

जिल्लाको पाणिनि गाउँपालिका वडा नं १ सिम्लेमा मात्रै पाँच करोडको सुन्तला फलेको छ। सिम्लेमा मात्र ४९ घरका कृषक व्यावसायिक सुन्तला उत्पादनमा लागेका छन्। उनिहरु सबैले सुन्तला बेचेर कम्तीमा तीनदेखि २८ लाखसम्म आम्दानी गर्छन्।...

सुन्तला बिक्रीबाट २१ लाख आम्दानी

म्याग्दीको मंगला गाउँपालिका–३ भेडाबारी र भोर्लेनी टोलका कृषकले सुन्तला बेचेर २१ लाख आम्दानी गरेका छन् ।२० घरधुरीको बसोबास रहेको दुई वटा बस्तीको मुख्य आयस्रोत सुन्तला खेती बनेको छ । भेडाबारीका अगुवा कृषक ओम गिरीले यस वर्ष २१ लाख मूल्य बराबरको तीस हजार किलोग्राम सुन्तला बिक्री भएको जानकारी दिए ।बगैंचामा आएर सुन्तला खरिद गरेर पोखराका व्यापारीले […]