संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधान सेनापतिलाई बोलायो

२ असार, काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानसेनापति प्रभुराम शर्मालाई छलफलका लागि बोलाएको छ । नेपाली सेनाले अमेरिकाको नेसनल गार्डसँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का लागि पत्राचार गरेको विषय सार्वजनिक भएपछि संसदीय समितिले शुक्रबार बिहान ९ बजेका लागि बस्ने तय भएको बैठकमा प्रधानसेनापति शर्मालाई छलफलमा बोलाएको हो । समितिको सचिवालयका अनुसार एसपीपीकै विषयमा प्रधान […]

सम्बन्धित सामग्री

संसदीय समितिको भागवण्डा मिल्यो, कुन समितिको नेतृत्व कुन पार्टीले गर्ने ?

अन्तर्राष्ट्रिय सम्बन्ध समिति जसपाले, उद्योग समिति जनमत पार्टी र शिक्षा समितिको नेतृत्व नेकपा एसले पाउने सहमति भएको छ । प्रमुख दलका प्रमुख सचेतकहरू बसेर सहमति जुटाएका हुन् ।

संसदीय समिति बैठकबाट बाहिरिए माधव नेपाल

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकबाट बाहिरिएका छन् ।  अमेरिकन सहयोग स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) का बारेमा जवाफ दिन प्रधानमन्त्री शेरबहादुर देउवा नआएपछि अध्यक्ष नेपाल बैठकबाट बाहिरिएका छन् ।समितिको बैठकमा पुगेका नेपाल प्रधानमन्त्री देउवा अनुपस्थिति हुने जनाएलगत्तै बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक छ भन्दै बाहिरिएका हुन । समितिको बैठक भने जारी छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा प्रधानमन्त्री देउवा अनुपस्थित

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा अनुपस्थित हुने भएका छन्। आजको बस्न लागेको बैठकमा प्रधानमन्त्री देउवा अनुपस्थित हुने भएका हुन्। यसअघिको बैठकमा प्रधानमन्त्री देउवालाई उपस्थित हुन समितिले निर्देशन दिएको थियो।

अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा प्रधानमन्त्री देउवा नजाने

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधि सभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा उपस्थित भएका छैनन्। प्रधानमन्त्री देउवालाई आजको बैठकमा उपस्थित समितिले निर्देशन दिएको थियो। अमेरिका भ्रमण, एसपिपीलगायत विषयमा समितिकै सदस्यहरूले प्रश्न उठाएपछि जवाफ दिन प्रधानमन्त्रीलाई बोलाइएको थियो। समितिकी सभापति पवित्रा निरौलाले प्रधानमन्त्री देउवा बैठकमा नआउने जानकारी आएको बताइन्। समिति बैठकमा गृहमन्त्री बालकृष्ण खाँण जाने सम्भावना छ। […]

प्रधानमन्त्री र प्रचण्डले एमसीसीलाई लेखेको पत्रमा प्रतिपक्षी सांसदको आपत्ति

नेकपा एमालेका नेता भीम रावलले एमसीसीले नेपालको कूटनीति कमजोर बनाएको बताएका छन् ।  सोमवार भएको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा  रावलले पछिल्लो समय एमसीसीको कारण नेपालको कूटनीतिक क्षेत्र अत्यन्तै कमजोर भएको बताएका हुन् ।  ‘एमसीसीका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको संयुक्त हस्ताक्षर बाहिर आएको छ, यो हस्ताक्षरले हाम्रो कूटनीति कमजोर बनायो,’ उनले भने, ‘यस्तो हस्ताक्षर गरेर पठाउँदा अरू देशमा नेता दण्डित हुनुपर्छ तर हाम्रोमा लाजमर्दो र ग...

‘निषेधाज्ञाकाे समयमा चार्टर्ड उडानकाे भाडा बढी लिनेलाई कारबाही गर्नुपर्छ’

काठमाण्डाै – प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्तर्गतकाे नागरिक उड्ड्यन, युरोपेली देश र इजरायल हेर्ने डेस्कले निषेधाज्ञाको समयमा चार्टर्ड उडानकाे भाडा बढी लिनेलाई कारबाही गर्नुपर्ने बताएको छ ।    मङ्गलवार अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्तर्गकाे नागरिक उड्ड्यन, युरोपेली देश र इजरायल हेर्ने डेस्कले नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशकसँग छलफल गर्दै निषेधाज्ञाको समयमा चार्टर्ड उडानमा आवश्यकताभन्दा बढी भाडा लिइ नागरिकलाई ठगिएको जनगुनासो आएकाले ठगीमा संलग्नको पहिचान गरी कारबाही गर्न अनुरोध गरिएको हो...

निषेधाज्ञामा चार्टर्ड फ्लाइटको भाडा बढी लिनेलाई कारबाही गर्न माग

काठमाडौं, साउन ५ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्र्तगत नागरिक उड्डयन डेस्कले निषेधाज्ञाको समयमा चार्टर्ड फ्लाइटको भाडा बढी लिनेलाई कारबाही गर्नुपर्ने बताएको छ । मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्र्तगतको नागरिक उड्डयन, युरोपेली मुलुकहरु र इजरायल हेर्ने डेस्कले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकसँग छलफल गर्दै यस्तो बताएको हो । निषेधाज्ञाको समयमा चार्टर्ड फ्लाइटमा आवश्यकता भन्दा बढी […]