काठमाण्डाै – प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्तर्गतकाे नागरिक उड्ड्यन, युरोपेली देश र इजरायल हेर्ने डेस्कले निषेधाज्ञाको समयमा चार्टर्ड उडानकाे भाडा बढी लिनेलाई कारबाही गर्नुपर्ने बताएको छ ।
मङ्गलवार अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्तर्गकाे नागरिक उड्ड्यन, युरोपेली देश र इजरायल हेर्ने डेस्कले नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशकसँग छलफल गर्दै निषेधाज्ञाको समयमा चार्टर्ड उडानमा आवश्यकताभन्दा बढी भाडा लिइ नागरिकलाई ठगिएको जनगुनासो आएकाले ठगीमा संलग्नको पहिचान गरी कारबाही गर्न अनुरोध गरिएको हो...